कञ्चनपुरमा महोत्सवको रौनक

महेन्द्रनगर । कञ्चनपुरमा आयोजित विभिन्न महोत्सले कञ्चनपुरको रौनक बढेको छ । हाल कञ्चनपुरमा तीन छुट्टा–छुट्टै मेला तथा महोत्सव सञ्चालित छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका स्थित झलारीमा शुक्लाफाँटा (महाशिवरात्री) साँस्कृतिक पर्यटन मेला २०७६ त्यस्तै भीमदत्त नगरपालीको आयोजनामा तेस्रो शुक्लाफाँटा तथा झलुुङ्गे पुल पर्यटन महोत्सव र उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव एकै साथ सञ्चालन हुदा कञ्चनपुर मेलामय भएको हो ।

उद्योग वाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा दर्शकको अन्य मेला भन्दा बढी घुईचो लाग्ने गरेको छ ।

शुक्रवार महेन्द्रनगरमा पानी पर्दा समेत महोत्सव हेर्न आउने दर्शकको भीडमा भने कुनै कमी आएको थिएन । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजना तथा भीमदत्त नगरपालिकाको सहकार्यमा गत बुधवार देखि फागुन १७ गते सम्म हुने उक्त महोत्सव अवलोकन गर्नेको संख्या दिन दिनै बढ्दै गएको महोत्सव आयेजक समितिले जनाएको छ ।

चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति हेर्न लाग्ने दर्शकहरुको घुईचोले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको रौनक बढेको छ । महोत्सवमा शनिवार चर्चित गायीका अनिता चलाउने, गायक मनोज धामी लगायतले दर्शकलाई नचाएका थिए ।

उनिहरुको फर्खाईमा बसेका हजारौ दर्शकले जब अनिता र मनोजलाई स्टेजमा देख्ने वित्तिकै हुटिङ गर्दै उनीहरुकोे गानामा नाचेर साथ दिएका थिए ।

शनिवार अनिता चलाउने, मनोज धामी,रुविना अधिकारी लगायत स्थानिय कलाकारहरुको प्रस्तुतिले महोत्सवको रौनक झन बढेको थियो ।

त्यस्तै आईतवार चर्चित गायक सुगम पोखरेल, गायीका सृजना खत्री लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको सचिवालयले जानकारी दिएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?