बझाङको केदारस्युँ गाउँपालिकामा पुनः लकडाउन

मानबहादुर बोहरा, बझाङ
बझाङको केदारस्युँ गाउँपालिकामा पुनः लकडाउन गरिएको छ । पालिकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पुनः लकडाउन जारी गरिएको हो ।
केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा शनिबार मात्रै थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । शुक्रबार र शनिबार गरी वडा नंम्बर १ का १ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का ३२ जना र वडा नं। ७ का ३१ जनामा कोरोना पुष्टी भएको छ ।
यो सँगै केदारस्युँ गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६६ पुगेको छ । यस भन्दा अघि १६ जना भने निको भएर घर फर्कि सकेका छन् । संक्रमितहरु भाडसैन, थापागाउँ, काँडाचौर, भामचौ, जसूडा लगायतका गाउँका रहेका छन् । संक्रमितहरु सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनबाट घर गयपछि रिपोट आएको हो । उनिहरुलाई १४ दिन गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेर गाउँपालिकाले नै घर पठाएको थियो ।
घर गएकाहरु होमक्वारेन्टाइनमा बस्नुको साटो सामान्य मानिस जस्तै समुदायमा घुलमील भइसकेको स्थानीयको भनाई छ । संक्रमित हरुलाई चन्द्रोदय माध्यमिक विद्यालय भाडसैन र कैलाश भवानी माध्यमिक विद्यालय कोटेलीमा राख्ने व्यवस्था मिलाइएको छ ।
यसरी प्रतिदिन संक्रमण बढेपछि पालिकामा पुनः लकडाउन गरीएको गाउँपालिकाका प्रवक्ता तथा कार्यवाहक अध्यक्ष लोकेश बहादुर भण्डारीले जानकारी दिनुभयो । संक्रमण फैलिएका वडामा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली गएको छ । प्रवक्ता भण्डारीका अनुसार वडा नम्बर ६ र ७ लाई पूर्ण रुपमा सील गरीएको छ । साथै पालिका भरीका सबै वडाबाट एक वडा बाट अर्को वडामा जान पनि निषेश गरीएको छ । अति आवश्यक कामको लागि जानुपरेमा वडाको सिफारीस अनिवार्य गरीएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?