कञ्चनपुरमा १२ हजार बढी मतदाता थपिए

कञ्चनपुर, ०८ मंसिर
आगामी फागुन २१ माहुने निर्वाचनकालागी कञ्चनपुरमा १२ हजार भन्दा बढी मतदाता थपिएका छन ।

आगामी फागुन २१ माहुने निर्वाचनकालागी कञ्चनपुरमा १२ हजार भन्दा बढी मतदाता थपिएका हुन । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा प्रत्यक्ष रुपमा पुगेर २५ सय २३ जना पूरुष र १६ सय ९० जना महिला गरि ४२ सय १३ जनाले मतदाता नामावली भरेको र राष्ट्रीय परिचयपत्र मार्फत मतदाता नामावलि भर्ने व्यवस्था गरिए पश्चात यही मंसिर ५ गते सम्म ८ हजार ९२ जना गरि १२ हजार ३ सय ५ जनाले मतदाता नामावलिमा नामदर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारि हरिस चन्द्र जोशिले वताउनु भएको छ । साथै उहाले शुरु कादिनहरुमा उत्साहजनक रुपमा मतदाता परिचयपत्र वनाउनेहरुको चाप बढे पनी राष्ट्रीय परिचयपत्र मार्फत मतदाता नामावलि भर्ने व्यवस्था गरिए पश्चात केहि सहज भएको समेत उहाले वताउनु भयो ।

२०८२ असार मसान्त सम्म ३ लाख २ हजार ९ सय १६ जना मत दाता रहको कचनपुर जिल्लामा १२ हजार ३ सय ५ जना थपिए संगै कुल मतदाता संख्या ३ लाख १५ हजार २ सय २१ मतदाता पुगेका छन भने विभिन्न पालिकाहरु बाट मृत्यू भएका र विभिन्न कारणले नागरिकता त्यागेका मतदाताको तथ्यांक संकलन भएपछि मंसिर मसान्त सम्म अन्तिम नावावली अध्यावधिक हुने समेत जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।
.

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?