भीमदत्त नगरपालिका १८ मा बुटिक बनाउने शिप विकास तालिम सुरु 

धर्म सिह धामी महेन्द्रनगर १३ माघ।

कञ्चनपुरको महेन्द्रनगरमा हुनैमाथ टेक्निकल ऐजुकेशनकाे प्राविधिक सहयोगमा बुटिक बनाउने तालिम शुरु भएकाे छ ।

आईतबारदेखि भीमदत्त नगरपालिका १८ को सहकार्य तथा हुनैनाथ टेक्निकल एजुकेसन एण्ड भोकेसनल ट्रेनिङ सेन्टर प्रा.ली.को प्राविधिक सहयोगमा बुटिङ बनाउने शिप विकास तालिम सुरु भएको हो । उक्त कार्यक्रममा भीमदत्त नगरपालिका १८ का कार्यबाहक अध्यक्ष हेम बहादुर बस्नेतको  अध्यक्षतामा प्रमुख अतिथि भीमदत्तनगर उपप्रमुख निलम लेखक रहेका थिए ।

आयोजित कार्यक्रममा १० दिनसम्म चल्ने छ भने १५ जना महिलाहरूले प्रशिक्षण लिनेछन् ।

वडा सदस्य समेत रहेका कावा अध्यक्ष बस्नेतका अनुसारमा वडाका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको छ । तालिमको उद्घाटन गर्दै उपप्रमुख निलम लेखकले नगरका महिला आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरेको बताइन्। उपप्रमुख लेखकले तालिममा सिकेका वस्तु व्यावहारिक जीवनमा प्रयोगमा ल्याउनुपर्ने मा पनि जोड दिएकी थिइन् भने यस्ता लिमबाट राम्रो दक्षता प्राप्त गरेर स्वरोजगारमा लाग्दै उनीहरूको घरपरिवारकाे उन्नतिमा पनि राम्रो टेवा पुग्ने विश्वास लिएको बताएकी छन् ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?