समन्वयतात्मक छलफल एवं सञ्जाल गठन कार्यक्रम सम्पन्

उपेश सिंह धामी महेन्द्रनगर १३ माघ ।

कञ्चनपुरको महेन्द्रनगरमा समन्वयतात्मक छलफल एवम् सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार भीमदत्त नगरपालिका–१८ वडा कार्यालयको सभाहलमा १९ वटै वडामा रहेका महिला उद्यमीहरुसंग भीमदत्त नगरपालिकाको आयोजनामा समन्वयतात्मक छलफल एवम् सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा वडा नं. १८ का कार्यवाहक वडा अध्यक्ष हेम बहादुर बस्नेतको अध्यक्षतामा भीमदत्त नगर उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यमा वडा सदस्य कृपा जैरु,का.पा. सदस्य सीता देवी भण्डारी, वडा सचिव दिनेश राज भट्ट, म.वि.अ. कुन्ती लेखक लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

यसैगरी कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथि लेखकले छलफल तथा सञ्जाल गठनबाट चयन भएर आउने महिलाहरुले भीमदत्त नगरपालिकाका १९ वटै वडामा महिला कमिटि गठन गर्ने जिम्मेवारी पाए संगै उद्यमी महिलाहरुलाई एक ठाउँमा राखेर उनीहरुको सम्भावना र चुनौतीहरुको बारेमा जानकारी लिएर उनिहरुको आर्थीक पाटोलाई बजबुद बनाउन के कस्तो भुमिका निर्वाह गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउन र उनिहरुलाई आत्मनिर्भर बनाउने कुरामा सबैले साथ दिने र नगरपालिकाबाट के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा आफुहरुले गर्न सकिने पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

आयोजित समन्वयतात्मक छलफल एवम् सञ्जाल गठनबाट अध्यक्षमा रमा पन्त, उपाध्यक्षमा जानकी चौधरी, सचिव कुमारी पार्वती थापा, सह–सचिव ईश्वरी ऐर,कोषाध्यक्ष धना नाथ, सदस्यहरुमा आशा देवी सुनार,राधिका कार्की,निलम पाण्डे,जानकी पाण्डे,सरस्वती निरौला,बेलु नाथ चयन भएका हुन ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?