समन्वयतात्मक छलफल एवं सञ्जाल गठन कार्यक्रम सम्पन्

उपेश सिंह धामी महेन्द्रनगर १३ माघ ।

कञ्चनपुरको महेन्द्रनगरमा समन्वयतात्मक छलफल एवम् सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार भीमदत्त नगरपालिका–१८ वडा कार्यालयको सभाहलमा १९ वटै वडामा रहेका महिला उद्यमीहरुसंग भीमदत्त नगरपालिकाको आयोजनामा समन्वयतात्मक छलफल एवम् सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा वडा नं. १८ का कार्यवाहक वडा अध्यक्ष हेम बहादुर बस्नेतको अध्यक्षतामा भीमदत्त नगर उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यमा वडा सदस्य कृपा जैरु,का.पा. सदस्य सीता देवी भण्डारी, वडा सचिव दिनेश राज भट्ट, म.वि.अ. कुन्ती लेखक लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

यसैगरी कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथि लेखकले छलफल तथा सञ्जाल गठनबाट चयन भएर आउने महिलाहरुले भीमदत्त नगरपालिकाका १९ वटै वडामा महिला कमिटि गठन गर्ने जिम्मेवारी पाए संगै उद्यमी महिलाहरुलाई एक ठाउँमा राखेर उनीहरुको सम्भावना र चुनौतीहरुको बारेमा जानकारी लिएर उनिहरुको आर्थीक पाटोलाई बजबुद बनाउन के कस्तो भुमिका निर्वाह गर्न सकिन्छ भन्ने कुराको जानकारी गराउन र उनिहरुलाई आत्मनिर्भर बनाउने कुरामा सबैले साथ दिने र नगरपालिकाबाट के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा आफुहरुले गर्न सकिने पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

आयोजित समन्वयतात्मक छलफल एवम् सञ्जाल गठनबाट अध्यक्षमा रमा पन्त, उपाध्यक्षमा जानकी चौधरी, सचिव कुमारी पार्वती थापा, सह–सचिव ईश्वरी ऐर,कोषाध्यक्ष धना नाथ, सदस्यहरुमा आशा देवी सुनार,राधिका कार्की,निलम पाण्डे,जानकी पाण्डे,सरस्वती निरौला,बेलु नाथ चयन भएका हुन ।

ताजा खबर

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?