प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी खेलाडि छनौट शुरु

कञ्चनपुर ०१ माघ, 

प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी कञ्चनपुर जिल्ला बाट खेलाडि छनौट शुरु गरिएको छ ।

आगामी बैशाखको पहिलो हप्तामा भारतको झारखण्ड ग्रिडीमा आयोजना हुने प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी कञ्चनपुर जिल्ला बाट खेलाडि छनौट शुरु गरिएको हो । विगत देखि नै करातेमा थुप्रै रेकर्ड राखि सकेको जापान कराँते डो कोशिकाई सितोरियो संघले प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी कञ्चनपुर बाट खेलाडि छनौट शुरु गरिएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भएको छ । साथै उहाले सबै जिल्ला बाट खेलाडि छनौट भई प्रदेशमा जाने र प्रदेश बाट छनौट गरेर केन्द्रमा पठाए पछी केन्द्र बाट छनौटमा परेका खेलाडिहरुले आगामी बैशाखको पहिलो हप्तामा भारतको झारखण्ड ग्रिडीमा आयोजना हुने प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपमा सहभागिता जनाउने समेत वताउनु भयो ।

यसै गरि उहाले जापान कराँते डो कोशिकाई सितोरियो संघका खेलाडिहरुले विगतमा थुप्रै राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रतियोगिताहरुमा सहभागिता जनाएर कृतिमानी ककायम गरेको ईतिहास रहेको वताउदै आगामी प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपमा पनी राम्रो नतिजा ल्याउने गरि खेलाडिहरुलाई प्रशिक्षण दिईने समेत वताउनु भएको छ ।
प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी नेपाल बाट ६० देखी ७० जना खेलाडि पठाउने तयारी भईरहेको छ । यस अघि पनी जापान कराँते डो कोशिकाई सितोरियो संघले भारतमा भएका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको ईतिहास रहेको छ ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?