जन्मदिनको अवसरमा उज्यालो नेपाल पाटीका नेता कुमालद्वारा बेसाहरा खाद्यान्न फलफुल वितरण

सञ्जु महर, पुष ३
उज्यालो नेपाल पाटी कञ्चनपुरका एक नेताले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका छन । उज्यालो नेपाल पाटी केन्द्रीय सदस्य भीम बहादुर कुमालले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका हुन ।
बिहिबार ५पुष ०८२ एक कार्यक्रमका विच दोधाराचाँदनी नगरपालिका २चाँदनीका स्थानीय समेत रहेका समाजसेवी राजनीतिक नेता कुमालले भीमदत्त नगरपालिका ५बनखेतको महिला तथा बृद्ध आश्रम सेवा केन्द्रमा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेका छन । उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य समेत रहेका समाजसेवी भीम बहादुर कुमालले आफ्नो खुसियालीमा समाजिक काम गरेको बताए । उनले बेसाहरा नागरिकलाई एक छाक भएपनि भोको पेट भर्नका लागि सक्दो सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत आश्रम सहित बेसाहरा नागरिकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । झण्डै ५५ जना बस्दै आएका आश्रममा खाद्यान्न अभाव भएका बेला उज्यालो नेपाल पाटीका नेता कुमालले सहयोग गरेसंगै हर्षित भएका छन । महिला तथा जेष्ठ नागरिक आश्रमका सरक्षक कृष्ण प्रशाद गौतमले खाद्यान्न अभाव भएका बेला उज्यालो नेपाल पाटीका नेता कुमालबाट प्राप्त खाद्यान्नले केही छिन छाक टरिने बताए । आश्रममै केक काटेर जन्मदिन मनाएका कुमालकी धर्मपत्नी गिता कुमाल सहित उनका सहकर्मी, आश्रमका जेष्ठ नागरिक, संचारकर्मीहरुले समेत शुभकामना दिएका छन । महेन्द्रनगर स्थित गुरुकुल ईन्सिच्युट अफ टेक्निकल एजेकेशनका प्रबन्ध निर्देशन समेत रहेका समाजसेवी कुमालले हरेक जन्मदिनमा समाजिक काम गर्दै आएका छन ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?