प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी खेलाडि छनौट शुरु

कञ्चनपुर ०१ माघ, 

प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी कञ्चनपुर जिल्ला बाट खेलाडि छनौट शुरु गरिएको छ ।

आगामी बैशाखको पहिलो हप्तामा भारतको झारखण्ड ग्रिडीमा आयोजना हुने प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी कञ्चनपुर जिल्ला बाट खेलाडि छनौट शुरु गरिएको हो । विगत देखि नै करातेमा थुप्रै रेकर्ड राखि सकेको जापान कराँते डो कोशिकाई सितोरियो संघले प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी कञ्चनपुर बाट खेलाडि छनौट शुरु गरिएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भएको छ । साथै उहाले सबै जिल्ला बाट खेलाडि छनौट भई प्रदेशमा जाने र प्रदेश बाट छनौट गरेर केन्द्रमा पठाए पछी केन्द्र बाट छनौटमा परेका खेलाडिहरुले आगामी बैशाखको पहिलो हप्तामा भारतको झारखण्ड ग्रिडीमा आयोजना हुने प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपमा सहभागिता जनाउने समेत वताउनु भयो ।

यसै गरि उहाले जापान कराँते डो कोशिकाई सितोरियो संघका खेलाडिहरुले विगतमा थुप्रै राष्ट्रीय तथा अन्तराष्ट्रीय प्रतियोगिताहरुमा सहभागिता जनाएर कृतिमानी ककायम गरेको ईतिहास रहेको वताउदै आगामी प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपमा पनी राम्रो नतिजा ल्याउने गरि खेलाडिहरुलाई प्रशिक्षण दिईने समेत वताउनु भएको छ ।
प्रथम दक्षिण एशियाली साफ कराँते च्याम्पियनशिपका लागी नेपाल बाट ६० देखी ७० जना खेलाडि पठाउने तयारी भईरहेको छ । यस अघि पनी जापान कराँते डो कोशिकाई सितोरियो संघले भारतमा भएका विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको ईतिहास रहेको छ ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?