भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३
कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण गरिएको छ । भीमदत्त नगरपालिका रोजगार शाखाले बिहीबार बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण गरेको हो ।
रोजगार शाखा प्रमुख कृष्ण बहादुर चन्दले सुरक्षित आप्रवासन सामी कार्यक्तम अन्र्तरगत स्थानीय तहमा बैदेशिक रोजगारीबाट घर फर्किएका व्यक्तिहरुसंग बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण गरेको बताए । भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बैदेशिक रोजगारी सकभर जाँदै नजाने गईहालेपनि सीप सिकेर जानुपर्ने बताए । सामी कार्यक्रम अधिकृत विष्णू अर्यालले बैदेशिक रोजगारी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सीप सिकेर मात्रै जानुपर्ने बताए । भीमदत्त नगरका कावा मेयर केशब बहादुर विष्टले बैदेशिक रोजगारी सुरक्षित भरपर्दो बनाउनका लागि पालिकाले समेत युवाहरुलाई तालिम दिने बताए । रोजगार शाखाका प्राविधिक सहायक९सवईन्जिनियर० कमलराम विकले संचालन गरेको कार्यक्रममा बैदेशिक रोजगारीबाट फर्किएका र तयारीमा रहेका युवाहरुको सहभागिता रहेको थियो । यसैविच महेन्द्रनगरमै बैदेशिक रोजगारी सम्बन्धी जनचेतनामुलक सडकनाटक समेत गरिएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?