जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो समय देखी जोगबुढा नदीको विचको भागमा माटो थुपरिएर नदीको पानीको वहाव रोकीदा बाढी बस्ति पसेको हुदा यसलाई सफाई गरिदिन सरकार संग माग गरेका छन ।
कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले जोगबुढा नदीको विचमा टापु जस्तो बनेर नदी थुनिएका कारण बाढी बस्ति पसेको हुदा यसलाई सफाई गरिदिन सरकार संग माग गरेका छन । आईतवार दोधारा चादनी नगरपालिकामा बाढीले गरेको क्षतीको अनुगमन गर्न पुगेका जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरालाई जोगबुडा नदीले विचमा थुपारेको माटो निकाल्न सके पानी बस्ति नपस्ने हुदा यसको लागी पहल गरिदिन आग्रह गरेका हुन । बाढीको लागी अरु कोही दोसी नभएको नदीको विचमा माटो थुप्रीएर टापु वनेको हुदा बस्तिको सतह र नदीको सतह वरावर हुन गई बाढी सहजै वस्ति पसेर नोक्सान गगरेको हुदा सरकारले यसमा ध्यान दिनु पर्ने स्थानीयहरुको माग रहेको छ ।
दोधारा चादनी नगरपालिका वडा नम्वर ८ र वडा नम्वर ३ का केहि क्षेत्रको अनुगमन गर्दा जोगबुढा नदीको विचमा टापु जस्तो बनेर नदी थुनिएका कारण बाढीले बढी क्षती गरेको देखिएका कारण यसको समाधानका लागी सम्वन्धित निकायहरु संग पहल गर्ने जिल्ला समन्वय समिती प्रमुख दुर्गादत्त बोहराले वताउनु भयो । साथै उहाले वस्ति धेरै लोल्यान्डमा वसेर पनी समस्या उत्पन्न भउको वताउदै यसलाई अझै उचो भागमा सार्नको् लागी समेत सम्वन्धित निकायहरु संग पहल गर्ने वताउनु भयो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा यस वर्ष ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले वडा नं ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीले डुवानमा परेको कारणस्थानीयहरु विस्तापित हुन पुगेका छन भने अन्न वाली, पशु चौपाया लगायतको ठुलो क्षती समेत भएको छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?