कञ्चनपुरको बेलौरी नगरपालिकाको नगर सभा सम्पन्न

कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित गरेको छ ।


नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा आयोजना गरिएकोे तेह्रौँ नगर सभामा नगर प्रमुख चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने नगर उपप्रमुख जोगराम चौधरीले बजेट प्रस्तुत गर्नु भएको थियोे ।
आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि तथा स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ ।

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०८१।०८२ भित्र बेलौरी भित्री चक्रपथ निर्माणलाई निरन्तरता दिदै बाहिरी चक्रपथ निर्माणलाई नगरको गौरवको आयोजनाका रुपमा अघि सार्ने, सबै वडाका मुख्य सडकहरूलाई कालोपत्रे गर्ने, नगर प्रमुख सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिइने, बेलौरी छोटी भन्सारको स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग पहल गरिने, विद्यार्थीहरूको कक्षागत तथा विषयगत नतिजा सुधारका लागि विद्यालयको संस्थागत क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता राख्ने योजना ल्याउनु भउको छ ।

यसै गरि नगर सभामा बजेट विवरण प्रस्तुत गर्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले आगामी आर्थिक वर्षमा रिङ रोडको निर्माण कार्य गरिने, वडा कार्यालयका प्रशासनीक भवन निर्माण , अक्सिजन प्लान्ट निर्माण, १५ शय्याको अस्पताल निर्माण, बेलौरी नगरपालिका लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाको सहकार्यमा दमकल खरिदका लागि आवश्यक पहल गर्ने, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको सहकार्यमा फोहोरमैला व्यवस्थापन लगायतका विषय लाई बजेटमा प्राथमिकता दिनु भएको छ । बेलौरी नगरपालिकाको तेह्रौँ नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतीले पारित समेत गरिएको छ ।

ताजा खबर

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

  धनसिह धामी  कञ्चनपुर, १२ कार्तिक  उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका...

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?