देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष
लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ गीत ‘होईन भिनाजु’ आज सार्वजनिक भएको छ। आज शुक्रबार साँझ ‘होईन भिनाजु’ शीर्षकको लोक देउडा नयाँ गीत सार्वजनिक भएको हो। गीतमा रेखा जोशी र लक्ष्मण अधिकारीको संयुक्त स्वर रहेको छ । गीतको लय राजेन्द्र शाह ‘बीपी’ ले तयार पारेका छन् भने एरेन्जर बिनोद बाजुरेली ९बाजुराली० रहेका छन्। गीतको अभिनयमा लक्ष्मण अधिकारी र उर्मिला कुँवर देखिएका छन्। निर्देशन भीम थापाले गरेका छन् भने छायाङ्कन अमृत उपाध्याय ले गरेका हुन्। गीतमा मेकअप मेनुका साउद ले सम्हालेकी छन्।

गीतलाई खप्तड डिजिटल म्युजिक प्रालि ले सार्वजनिक गरेको हो। गीतले लाहुरे जीवन सम्बन्धी अनुभूति, पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ। गायक अधिकारीका अनुसार गीतले हास्य–व्यङ्ग्यात्मक प्रस्तुतीकरणमार्फत श्रोता तथा दर्शकलाई मनोरञ्जन दिने लक्ष्य लिएको छ।
समसामयिक सामाजिक परिवेशलाई हाँस्य–व्यंग्य शैलीमा प्रस्तुत गरिएको यो गीतले पारिवारिक सम्बन्धको रोचक प्रसङ्गलाई रमाइलो ढंगले उब्जाएको छ।

गीतमा आकर्षक शब्द, लोकधुनको रंग र आधुनिक शैलीको मिश्रण गरिएको छ।
अधिकारीकै स्वरमा रेकर्ड गरिएको यस गीतमा सशक्त संगीत संयोजन तथा मन छुने अभिनय समेत समावेश रहेको छ।
देउडा गीतले श्रोता तथा दर्शकबीच छिट्टै नै लोकप्रियता हासिल गर्ने विश्वास व्यक्त गरेको छ। यस अघि पनि गायक अधिकारीका दुवैको लाहुरे लगायतका अन्य गितहरु सार्वजनिक भईसकेका छन ।

लोक देउडा गीत ूहैन भिनाजुूसार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युबमार्फत राम्रो प्रतिक्रिया आइरहेको बताइएको गायक अधिकारीको भनाई छ। नयाँ सार्वजनिक भएको होईन भिनाजुू गितलाई माया गरिदिन हुन समेत उनले आग्रह गरेका छन ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?