कृष्णपुर नगरपालिकाले मछेलिमा यसरी बगायो १० लाख, अनियमिताको आशंका

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मछेली नदीको धार परिर्वतनका लागि खर्च गरेको बजेट बालुवामा पानी हाले जस्तै भएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा २०७९/८० मा नदी कटान रोक्न नदीको धार परिर्वतन गर्ने योजना कार्यान्वयन गरेको थियो । जस अन्र्तगत मछेली नदीको (डोण्डा पुल) उत्तरपट्टी खोला सफा गरिएको छ । नदीलाई मध्य भागबाट बगाउन पालिकाले त्यहाँको खोलामा रहेको ग्राभिल हटाईएको छ ।
जसका लागि नगरपालिकाले १० लाख रुपयाँ खर्च गरेको बताईन्छ । तर वर्षात सुरु भएसँगै मछेली नदी बस्तीतिर नै बगेको छ । कृष्णपुर नगरपालिका–२ को मुक्त कमैया बस्ती नदी कटानको उच्च जोखिममा रहेको छ । नदी बस्ती भएरै बग्न थालेपछि स्थानीय त्रसित बनेका छन् । नदी पुरानै धारमा बग्न थालेपनि स्थानीयले धार परिर्वतनका लागि गरिएको खर्च औचित्यहिन भएको बताएका छन् । श्रोतका अनुसार नगरपालिकाले योजना टुक्राएर कोटेसनमार्फत तटबन्ध निर्माण र नदीको धार परिर्वतनका लागि लाखौँ बजेट खर्च गरेको हो ।
नगरपालिकाले नदीको बहावको वैज्ञानीक अध्ययन नै नगरि हचुवाका भरमा धार परिर्वतनको नाममा बजेट खर्च गरेको स्थानीयको आरोप छ । पालिकाले अघिल्लो आर्थिक वर्षमा पनि नदीको धार परिर्वतन गरेको र उत्त योजना प्रभावकारी नहुदाँ पुनः सोही योजनामा लाखौा बजेट खर्च गर्न काम भएको स्थानीयको आरोप छ ।
अघिल्लो आर्थिक वर्षमा पनि धार परिर्वतनको नाममा बजेट खर्च गरिएको बताउँदै एक स्थानीयले भने ‘अघिल्लो वर्ष पनि धार परिर्वतनको योजना प्रभावकारी भएन्, त्यसबाट सिक्नुपर्नेमा गत वर्षमा पनि बजेट सक्ने काम भयो तर नदी बस्ती तिरै बगेकाले बाढी आउँदा बस्ती सधैँ जोखिम पर्ने गरेको छ ।’ त्यस्तै स्थानीय हर्क महतले नदीका कारण बस्ती सधैँ जोखिममा रहेको बताए । उनले नदीको धार परिर्वतनको योजना प्रभावकारी नभएको भन्दैँ तटबन्ध निर्माण गरिनुपर्ने माग राखे ।
कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले उक्त योजना नगरपालिकाबाटै कार्यान्वयन गरिएको बताए । उनले नगरपालिकाबाट काम भएकाले योजनाबारे आफुलाई कुनै जानकारी नभएको दावि गरे ।
त्यस्तै नगरपालिकाको योजना तथा प्राविधिक शाखाले जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस अनुसार काम गरेको जनाएको छ । पालिका एक कर्मचारीले समितिका सिफारिसमा १० लाखको कोटेसनमार्फत योजना सम्पन्न गरिएको बताए । उनका अनुसार नगरपालिकाले नदीको धार परिर्वतनका लागि करिब १२ सय मिटर खोला खनेको हो । गत आर्थिक वर्षमा नगरपालिकाले मितव्ययिता नअपनाई मनोमानी तरिकाले खर्च गरेको आरोप लागेको छ । नदीको धार परिर्वतन गर्ने योजनामा पनि बजेट अनुसार काम नभएका भन्दैँ स्थानीयले आशंका व्यक्त गरेको छन् ।

ताजा खबर

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?