श्रीमानले अन्याय गरेको भन्दै न्यायको खोजिमा :श्रीमानले आफुलाई मात्र नभएर राज्यलाई नै ठगेको आरोप

महेन्द्रनगर । विगत १२ वर्षदेखी न्यायको खोजीमा लागेको भए पनी न्याय नपाएको कञ्चनपुरको एक महिला ले वताउनु भएको छ । मंगलवार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दैे उनले श्रीमानले आफुलाई अन्यायगरेको वताउनु भएको हो ।

भीमदत्त नगरपालिका वडा नम्वर १८ का शेरबहादुर चन्द संग २०६८ मंसिरमा मागी भएको वताउदै भीमदत्त नगरपालिका १० की धनमती चन्दले विवाहको एक वर्ष नहुदै आफुलाई दाईजो नदिएको भन्दै श्रीमानले यातना दिने गरेको वताउनु भयो । उहाले श्रीमान अरुकेटी संग लागेको हुदा आफुले यस्तो नगर्न अनुरोध गर्दा उल्टै मानसिक तनाव दिने, दाईजोमा केही पनि ल्याउन नसकेको भन्दै अनेक बाहनामा पिडा दिने, यातना दिने कुट पिट गर्ने गरेको वताउनु भयो । आफुबाट अहिले ११ वर्षको छोरा रहेको र श्रीमानले अर्को विहे गरेको थाहा पाए पछी आफुले वहुविवाहको मुद्दा हाले पनी ढिलो मुद्दा गरेको भनदै अदालतले उनहिरुलाइृ साधारण तारेकमा छोडेको समेत वताउनु भयो । आफुले श्रमिान र छोराको लागी भन्दै आज सम्म हिंसा सहहेर वेसे पनी अहिले श्रमिानले उल्टै आफुलाई मानसिक रोगीको आरोप लगाउदै सम्वन्ध विच्छेदको मुद्दा हालेको हुदा आफु अन्यायमा परेको वताउनु भएको छ ।

श्रीमान संग पटक पटक छोराको जन्मदर्ता गर्न आग्रह गर्दा पनी नागरिकता हराएको वाहाना गरि जन्मदर्ता नगरेको भन्दै हाल श्रीमानले दुई नागरिकता लिएर राज्यलाई समेत गुमराहमा राखे वताउनु भउको छ । यस विषयमा उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएको वताउनु भएको छ । उनका श्रीमान शेर वहादुर चन्दले शुरुको नागरिकता २०५७ सालमा २०३९।०२।१० जन्म मिति राखी कञ्चनपुरको साविक रौतेली विचुवा गाविस ठेगाना देखाई ७८८५१७४५ नम्वरको नागरिकता र दोस्रो पटक २०४२।०२।२२ जन्म मिति राखी साविक महेन्द्रनगर नगरपालिका वडा नम्वर १८ ठेगाना देखाई २०६१ सालमा ५७८००६५४ नम्वरको नागरिकता लिएको उहाले वताउनु भएको छ । उक्त घटनामा शुरको नागरिकताको प्रतिलिपि दिने कर्मचारी र दोस्रो नागरिकता जारी गर्ने व्यक्ती जिल्ला प्रशासन कार्यालय कञचनपुरका प्रशासकीय अधिकृत भानदेव बडु रहेको समेत उहाले वताउनु भएको छ । साथै उहाले आफुलाई न्याय मिल्छ भनेर १२ वर्ष देखी सहेर बसेको भए पनी अव सहन नसक्ने अवस्था आएकोले आफुले न्याय पाउनु पर्ने उहाले वताउनु भएको छ ।

यता धनमती चन्दका श्रीमान शेरबहादुर चन्दले विवाह भएको तेस्रो दिनदेखी श्रीमतीले विवाद गर्ने झगडा गर्ने गरेको हुदा यो अवस्था आएको वताउनु भएको छ । आफु धनमतीसंग अलग बसेको ८ वर्ष भएको र आफुले पनि अदालतमा मुद्धा हालेको अब सबै प्रक्रिया अदालतमा गएको भएर धेरै बोल्न नमील्ने वताउनु भएको छ ।

दोहोरो नागरिकता विषयमा उजुरी आएकाले छानविन अघि बढी सकेको हुदा यस वियामा थप वोल्न नमिल्ने कञ्चनपुरका साहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले वताउनु भएको छ । मंगलवार केहि सञ्चारकर्मीहरु संगै जिल्ला प्रशासन पुगेकी धनमति चन्दलाई साहायक प्रमुख जिल्ला अधिकारी जोशीले कार्यालयमा भिडभाड लिएर आए भनेर तपाईको मनोवल बढेको होला तर यसमा भिडने निर्णय नगर्ने हुदा धैर्य गरेर बस्न र हामलिाई अनुसन्धान गर्न दिनु पर्छ भन्नु भयो ।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?