महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि सिचाई आयोजना तेस्रो चरण उदघाटन हुन नसक्दा किसानहरुले पानी पाउन सकेका छैनन । मुल नहरको हेड रेगुलेटर निर्माण सम्पन्न भई पानी सञ्चालन गर्न सकिने अवस्थामा पुग्दा पनी नेपाल तथा भारतको राष्ट्रप्रमुख बाट उटघाटन नगर्दा सम्म पानी सञ्चालन नहुने संकेत देखिएको हो ।


लामो समयदेखी निर्माणाधीन महाकालि सिचाई आयोजना तेस्रो चरण को काम राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढेपछी गति लिन थाले पनी औपचारकि रुपमा नेपाल तथा भारतको राष्ट्रीय स्तरबाट उदघाटन हुन नसक्दा कञ्चनपुरका किसानहरुले सिचाईको लागी पानी पाउन सकेका छैनन । विहिवार जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, लगायतको टोलीले निर्माणधीन महाकालि सिचाई आयोजना तेस्रो चरणको अनुगमन गर्दा महाकालि सिचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रण वहादुर वमले नेपाल तथा भारतको राष्ट्रीय स्तरबाट उदघाटन हुन नसक्दा पानी सञ्चालन नभएको वताउनु भएको हो । विभागिय स्तर बाट समेत परराष्ट्र मन्त्रालय सम्म पनी जानकारी गराईसकेको बताउदै उहाले औपचारकि रुपमा दुईदेशका उच्च पदस्त अधिकारीहरु बाट आयोजनाको उदघाटन नहुदा पानी सञ्चालन हुन नसेको वताउनु भयो ।
उक्त महाकालि सिचाई आयोजना तेस्रो चरणको निर्माणधीन नहरको अनुगमन गर्दै जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले निकट भविष्यमै भारत भ्रमण रहेको हुदा सम्भवत त्यसवेला पानी सञ्चालनको लागी समेत पहल हुने विश्वास व्यक्त गर्नु भयो । साथै उहाले जिल्ला सभा बाट समेत यस वियषमा कुरा उठान गर्ने र यस जिल्लका का माननीय ज्यूहरु मार्फत पनी दवाव दिएर धान रोप्ने वेला सम्म पानी सञ्चालनको लागी पहल गर्ने वताउनु भयो ।


यसै गरि उक्त महाकालि सिचाई आयोजना तेस्रो चरणको निर्माणधीन नहरको अनुगमनका क्रममा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले यो आयोजना राष्ट्रीय गौरवको आयोजना भएको र यसको मुल नहर निर्माणको काम सञ्चालनमा रहेको वताउनु भयो । साथे उहाले अहिले मुआव्जाको काम समेत अघि बढेको र सबै कुरा सहि हिसावले अघि बढे यस वर्ष देखी किसानहरुले पानी पाउन सक्ने विश्वास व्यक्त गर्नु भएको छ ।
सन १९९६ को एकिकृत महाकालि सन्धी अनुसार महाकाली नदीको पानी उपभोग गर्न आर्थिक बर्ष २०६३÷६४ देखि शुरु भएकोे महाकाली सिचाँई तेस्रो चरण अन्तर्गत कञ्चनपुरको ब्रम्हदेव देखी कैलाली सम्मको १५२ कि. मि. मूल नहर बनाउनु पर्नेमा २४ किलोमिटको काम सम्पन्न भई पानी सञ्चालन गर्न सकिने भएको छ । भारत सरकारले निर्माण गर्नु पर्ने नहरको शुरको १२ सय मिटर नहर निमार्ण सम्पन्न् गरिसकेको छ । उक्त मूल नहरमा २१ वटा शाखा नहरको ईन्टेक ११ वटा पानीको लेवल मिलाउने एच आर निर्माणको काम भईरहेको छ भने यसै आर्थीक वर्ष भित्र १० किलोमिटर शाखा नहर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ४८ किलोमिटर शाखा नहरको लागी मुआव्जा वितरणको कार्य समेत भईरहेको छ । सरकारले समयमै उक्त नहरको उदघाटनको लागी पहल गरि पानी सञ्चालन गर्न सके कञ्चनपुरका धेरै किसानहरुलाई राहत पुग्ने देखिन्छ ।

 

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?