माओवादी केन्द्र भीमदत्त नगरको भेला ः भीमदत्त नगरमा हुने सबैखाले बेथिति, भ्रष्टाचार बिरुद्ध खबरदारी गर्ने

कञ्चनपुर, असार १७
नेकपा माओवादी केन्द्र भीमदत्त नगरको भेला सम्पन्न भएको छ । मंगलबार महेन्द्रनगरमा माओवादी केन्द्र भीमदत्त नगरको भेला सम्पन्न भएको हो । भेलामा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले पाटीले सुशासन, भ्रष्टाचार, अनियमितता बिरुद्ध आवाज नउठाँदा भीमदत्त नगरपालिकामा अनियमितता, बेथिति मच्चिएको बताएका छन ।
माओवादीले संस्थागत रुपमा सुशासनका लागि निगरानी नबढाएको मौकामा नगरका १९वटै वडाहरुमा पालिका, प्रदेश, संघीय सरकारबाट संचालित योजना गुणस्तहिन, अनियमित भईरहेको भन्दै त्यस बिरुद्धमा खबरदारीकोे विकल्प नभएको बताएका छन ।
नेकपा माओवादी केन्द्रकी नेत्रृ माया नेगीले तीनै तहका सरकारबाट संचालन भईरहेका योजना प्रभावकारी जनहितमा नभएको केबल ठेकेदार, बिचौलिया गिरोहमा संचालित भईरहेको भन्दै त्यस बिरुद्ध नगरपालिका सहितका प्रदेश र संघीय सरकारका कार्यालय बिरुद्धमा सशक्त खबरदारी गरिने बताए । समान्य बर्षा हुँदा विपदमा परेका जनताको उद्दार गर्न तीनै तहका सरकारले सकृयता नभएको भन्दै पाटीका तर्फबाट युवा नेता भुवन कुँवरको संयोजकत्वमा विपद व्यवस्थापन समिति गठन गरिएको छ । राज्यको बजेट दोहन गर्नका लागि कागजी कार्यक्रम बनाएर बजेट सक्नका लागि मात्रै बन्ने विपद्का कार्यक्रम प्रभावकारी नहुने बताए । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका युवा नेता दशरथ भण्डारीले स्थानीयदेखि प्रदेश र सघीय सरकारका बेथिति बिरुद्धमा नगरबाटै संघर्षको अभियान थालनी गरिने बताए । ‘अहिले पाटीले संस्थागत रुपमा अनियमितता बिरुद्ध प्रभावकारी निगरानी गर्न नसक्दा सार्वजनिक निकायमा भ्रष्टाचार मौलाएको छ, ‘उनले भने, ‘राज्यका निकायलाई भ्रष्टाचार मुक्त गराउन माओवादी पाटीले संस्थागत संघर्ष गर्नुको विकल्प छैन ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रीय सदस्य जयराज पाण्डेयले भीमदत्त नगरमा हुने हरेकखाले भ्रष्टाचार बिरुद्धमा पाटी पङक्तिले सशक्त भूमिका निर्वाहमा जोडदिए । भेलामा सहभागि माओवादी भीमदत्त नगरका नेता कार्यकर्ताहरुले स्थानीय सहितका तीनै तहका सरकारले जनताकोे आवश्यकता भन्दा निकट व्यक्तिको पक्ष पोषणमा लिप्त भएको बताएका छन । नगरभरी जनताका आधारभूत समस्या समाधानको साटो सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै त्यस बिरुद्ध संघर्षको चेतावनी दिएका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?