अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना
कञ्चनपुर १३ असार ।
कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गराएको छ ।
शुक्रबार भीमदत्त–२ मा रहेको अरुणीमा विद्या मन्दिरले पाठ्यपुस्तक रहित शुक्रबारको दिन १ (एक) दिने निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरेको हो । दीर्घायु क्लिनिक एण्ड मेडिकेयर सेन्टर,लाइफ लाइन प्याथोलोजी,आधारभुत स्वास्थ्य कार्यालय वडा नं.०२ कार्यालय संगको सहकार्यमा डा. विवेक सोनी र डा. दिपेन्द्र कुमार रावतले अभिभावक तथा विद्यार्थी लगाएर कुल १५५ जनाको स्वास्थ्य परिक्षण गरेको विध्यालयका संस्थापक डम्मर कार्कीले बताएका छन । एक दिने शिविरमा सुगर, रक्तचाप,नाक,कान,घाटी,दातँ,े आदिको प्राथमीक चेकजाँच गराईएको थियो । यसैगरी डा.विवेक सोनीका अनुसार बच्चाहरुमा टाउको, आँखा, पेट दुख्ने समस्या बढि देखिएको बताएका छन । विद्यालयको पाठ्यपुस्तक रहित शुक्रबारमा बिद्यार्थीहरुलाई नाचगान, कला संस्कृति,प्रयोगात्मक,रचनात्मक क्षमताको विकास, सगै विद्यार्थीहरुको सर्वाङ्गिक विकासमा संस्कार युक्त शिक्षामा विद्यालय टिम निरन्तर लागि रहेको संस्थापक कार्कीले बताएका छन । बालबालिकाहरुको शिक्षामा मात्र नभई स्वास्थ्यमा पनि ख्याल गर्ने गरी सञ्चालनमा ल्याएको कार्यक्रमबाट अभिभावकहरुले खुसी हुदै विद्यालय टिमलाई धन्यवाद दिईरहेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?