विमानस्थलका लागि आवश्यक बजेट पठाईसकेका छौं : पर्यटनमन्त्री धामी

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री मान बहादुर धामीले प्रदेश सरकारले कञ्चनपुरको मझगाँउ विमान स्थल सञ्चादनका लागी आवश्यक बजेट निकासा भईसकेको बताएका छन ।
बुधबार मझगाँउ विमान स्थलको शिलान्यास कार्यक्रममा बोल्दै सुप प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री धामीले प्रदेश सरकारका तर्फबाट मझगाँउ विमानस्थल संचालनका लागि आवश्यक बजेट प्रबन्ध गरिएको बताएका हुन । ‘प्रदेश सरकारले भागमा परेको २५ प्रतिशत बजेट हामीले नागरिक उड्डायन प्राविधिकरणको खातामा बजेट पठाईसकेका छौँ, ‘उनले भने, चालु बर्षमा समेत बजेट विनियोजन गरेका हौँ ।’ सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको बताउदै मन्त्री धामीले चालु बर्षमा समेत बजेट प्रबन्ध गरिएको र भावि दिनमा समेत विमानस्थल शुचारुका लागि प्रदेश सरकार लागि परेको बताए ।
मन्त्री धामीले प्रदेश सरकारले विमानस्थल शुचारु गर्दै प्रदेशकै विकासका लागि काम गर्ने बताए । २०३० सालदेखि २०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकारले सुरक्षाको कारण देखाएर २०५६ सादेखि बन्द गरेको थियो । झण्डै ६६ विगाह क्षेत्रफल र १५२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै तहका सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । दुई दशकदेखि बन्द रहेको विमानस्थल शुचारुका लागि तीनै सरकार लागि परेका छन ।

 

ताजा खबर

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?