पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३
कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका अवसरमा विवित सामाजिक काम गरेका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व विद्यार्थी नेता किशोर भट्टले आफ्नो जन्मदिनको अवसरमा यस बर्षपनि समाजिक काम गरेका हुन । १३ असारमा विद्यार्थी नेता भट्टको जन्मदिन थियो ।
उक्त अवसरमा उनले तत्तकालिन सिद्धनाथ विज्ञान क्याम्पसका पुर्वी विद्यार्थी एव क्यान्सरपीडित युवा जमन सिह कार्कीदेखि काठमाण्डौँका अनाथ बालबालिका, असाहय महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन ।
नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका भट्टले क्यान्सर रोगबाट ग्रसित भई अहिले शिक्षण अस्पतालमा उपचारार्थ सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी युवा कार्कीको उपचारका लागि आर्थिक सहयोग गरेका हुन ।
उपचारका लागि आर्थिक अभावमा खेपिरहेका कार्कीको उपचारका लागि भट्टले ५ हजार १ सय रुपैया नगद आर्थिक सहयोग गरेका छन ।
सिद्धनाथ विज्ञान क्याम्पसका पुर्व विद्यार्थी कार्की केही महिनादेखि क्यान्सर रोगसंग लगिरहेका छन । भएको पैशा सकिएपछि कार्कीले उपचारका लागि दाताहरुसंग सहयोग मागिरहेका छन । विज्ञान क्याम्पसका पुर्व विद्यार्थीको आर्थिक अभावमा उपचारमा समस्या समाचार देखेपछि पुर्व विद्यार्थी नेता भट्टले विगतमा विद्यार्थीको हकहितका लागि संघर्ष गरेको स्मरण गर्दै सहयोग गरेको जनाएका छन । अधिवक्ता समेत रहेका भट्टले गोकर्णेश्वर ८ काठमाण्डौँको नेपाल महिला तथा बालसेवा समाजमा आश्रित रहेका अनाथ बालबालिका, हिन्सामा परेका बेसाहरा महिला नागरिकको भोजनका लागि झण्डै सात हजार बराबरको दाल, तेल अण्डा खाद्यान्न सहयोग गरेका छन । आफ्नो जिवन रक्षार्थी विद्यार्थी नेता भट्टले उपचार खर्च दिएको भन्दै विज्ञानका पुर्व विद्यार्थी कार्कीदेखि अनाथ, असाहय नागरिक हर्षित हुँदै भट्टप्रति आभार प्रकट गरेका छन ।
भीमदत्त नगरपालिका २ उल्टाखाम महेन्द्रनगरका स्थानीय समेत रहेका पुर्व विद्यार्थी नेता माओवादी युवा नेता एव अधिवक्ता किशोर भट्टले आफ्नो खुसियालीमा समाजिक काम गरेको बताएका छन ।
भट्टले जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा केही संकटमा परेका नागरिकलाई सहयोग गर्नुपर्ने बताए । भट्टले आफ्नो जन्मदिनका अवसरमा विगतदेखि कोरोना महामारी काल हुँदै हालसम्म निरन्तर जेहेन्दार विद्यार्थी, बिरामी, असाहय, अशक्तहरुलाई नगद, स्टेशनरी, खाद्यान्न सहितका अति आवश्यकीय समाग्री सहयोग गर्दै आएका छन । उनले आगामी दिनमा समेत समाजिक काम गर्दै जाने प्रतिज्ञा गरेका छन । पुर्व विद्यार्थी नेता भट्टले आफ्नो खुसियालीमा गरेको समाजिक कार्य उदाहरणीय, प्रेरणाको स्रोत भएको समाजिक क्षेत्रका व्यक्तित्वहरुको भनाई छ ।

ताजा खबर

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?