विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं । चितवनकाे इच्छा कामना गाउँपालिकास्थित कुरिनटारमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । निजी लगानीमा निर्माण सम्पन्न भएकाे चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हाे ।

दिगो ग्रुप कम्पनीले पृथ्वी राजमार्गमा चल्ने विद्युतीय सवारी साधन चार्ज गर्ने उद्देश्यले कुरिनटारमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएकाे हाे ।कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको यो दोस्रो चार्जिङ स्टेसन हो ।

कम्पनीका अनुसार कुरिनटारमा निर्माण गरिएकाे सबस्टेसनकाे डिसी फास्ट चार्जरकाे आइतबार उद्घाटन गरिएकाे छ । १२० किलोवाट क्षमताको चार्जिङ स्टेसनमा अहिले ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरी सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्गमा विद्युतीय सवारीको संख्या थपिँदै गएपछि चार्जिङ स्टेसनको क्षमता पनि बढाउने याेजना रहेकाे कम्पनीले जनाएकाे छ ।

पृथ्वी राजमार्गमा चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत खपत बढ्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनाेद सापकोटाले बताए । चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिई सञ्चालनमा ल्याइएको छ । यो चार्जरले पृथ्वी राजमार्गमा चल्ने डिबिटी ब्राण्डको विद्युतीय सवारी साधनलाई सेवा दिने कम्पनीले जानकारी दिएकाे छ।

कम्पनीको पहिलो चार्जिङ स्टेसन विपि राजमार्गमा सञ्चालनमा छ । कम्पनीले राजमार्गामा चल्ने विद्युतीय सवारी चार्ज गर्ने उद्देश्यले गत भदौमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएकाे हाे।

काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रो बसहरू सञ्चालनमा छन् । दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ ।

सरकारले आन्तरिक विद्युत खपत बढाउने नीति लिएर विद्युतीय सवारी साधनकाे प्रवर्द्धन गर्दै आएकाले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रकाे सक्रियता बढ्दै गएकाे छ । विद्युत प्राधिकरणले पनि देशका विभन्न स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेकाे छ ।

अबकाे ६ महिनाभित्रमा यी चार्जिङ स्टेसनहरू निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदै छन् । विद्युत प्राधिकरणले निजी क्षेत्रका लागि समेत देशभरमा ५ सय चार्जिङ स्टेसन निर्माण गर्न आवेदन मागेकाे छ ।

ताजा खबर

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ २५ वैशाख  माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित...

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

काठमाडौँ २५ वैशाख  युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको...

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ, २५ वैशाख  सरकारले विदेशस्थित १५ जना अवैतानिक वाणिज्य दूत...

सासद महताद्वारा जनताका गुनासा समाधान गर्न टोलफ्री नम्वर सहित सचिवालय सञ्चालनमा

कञ्चनपुर २५बैशाख प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले क्षेत्रका जनताका...

संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, २२ वैशाख सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?