आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

शनिबार नेपाली समय अनुसार राति पौने ९ बजे शीर्ष दुई टोली भारत र नेपाल फाइलनको लागि छानिएका हुन् । फिफा फुटबल वरियतामा भारत १०५ स्थानमा छ भने नेपाल १७१ स्थानमा छ । भारतले साफ फुटबल प्रतियोगिता साताैं पटक जितिसकेकाे छ ।

नेपालले भारतसँग अहिलेसम्म २२ वटा खेलहरूमा प्रतिस्पर्धा गरिसकेकाे छ । १५ खेलमा हार, पाँचमा बराबरी खेलेकाे नेपालले भारतसँग दुईवटा खेलमा मात्र विजयी भएकाे इतिहास छ ।

बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
भारतले चार खेलबाट आठ अंकसहित पहिलो र नेपालले सात अंकसहित दोश्रो भएर फाइनलमा प्रवेश पाएको हो ।

पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासँग समान एक एक अंक बाँडेको भारतले नेपाललाई एक गोल गरेर तीन अंक जोडेको थियो । अन्तिम खेलमा माल्दिभ्सलाई हराउँदै तीन अंकसहित आठ अंक प्राप्त गर्न सफल भएको हो ।

नेपालले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई उसैको घरेलु मैदानमा एक गोल गरेर तीन अंक र अर्काे खेलमा श्रीलंकालाई दुईका विरुद्ध तीन गोल गरेर छ अंक जोडेको थियो । भारतसँग भएको तेश्रो खेलमा एक गोल खाँदै अंक विहीन हुन पुगेको थियो ।

बुधबार भएको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो । तर नेपाल बंगलादेशसँग भएको चौथौं खेलमा पहिलो हाफमै गोल खाएपछि दबाबमा परेको थियो । दोश्रो हाफमा खेलको ७६ औं मिनेटमा बंगलादेशी गोलकिपरलाई राता कार्ड दिएपछि १० जनामा सिमित बंगलादेश दबाबमा रहेको थियो । अन्ततः खेलको ८७ औं मिनेटमा पाएको पेनाल्टीमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । खेल बराबरीसँग नेपालको समूह चरणमा सात अकंसहित फाइनलमा प्रवेश पाएको हो ।

यस प्रतियोगितामा पाकिस्तान र भूटानले भाग नलिएपछि राउन रोबिन्सको आधारमा खेल खेलाइएको हो ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?