आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

शनिबार नेपाली समय अनुसार राति पौने ९ बजे शीर्ष दुई टोली भारत र नेपाल फाइलनको लागि छानिएका हुन् । फिफा फुटबल वरियतामा भारत १०५ स्थानमा छ भने नेपाल १७१ स्थानमा छ । भारतले साफ फुटबल प्रतियोगिता साताैं पटक जितिसकेकाे छ ।

नेपालले भारतसँग अहिलेसम्म २२ वटा खेलहरूमा प्रतिस्पर्धा गरिसकेकाे छ । १५ खेलमा हार, पाँचमा बराबरी खेलेकाे नेपालले भारतसँग दुईवटा खेलमा मात्र विजयी भएकाे इतिहास छ ।

बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
भारतले चार खेलबाट आठ अंकसहित पहिलो र नेपालले सात अंकसहित दोश्रो भएर फाइनलमा प्रवेश पाएको हो ।

पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासँग समान एक एक अंक बाँडेको भारतले नेपाललाई एक गोल गरेर तीन अंक जोडेको थियो । अन्तिम खेलमा माल्दिभ्सलाई हराउँदै तीन अंकसहित आठ अंक प्राप्त गर्न सफल भएको हो ।

नेपालले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई उसैको घरेलु मैदानमा एक गोल गरेर तीन अंक र अर्काे खेलमा श्रीलंकालाई दुईका विरुद्ध तीन गोल गरेर छ अंक जोडेको थियो । भारतसँग भएको तेश्रो खेलमा एक गोल खाँदै अंक विहीन हुन पुगेको थियो ।

बुधबार भएको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो । तर नेपाल बंगलादेशसँग भएको चौथौं खेलमा पहिलो हाफमै गोल खाएपछि दबाबमा परेको थियो । दोश्रो हाफमा खेलको ७६ औं मिनेटमा बंगलादेशी गोलकिपरलाई राता कार्ड दिएपछि १० जनामा सिमित बंगलादेश दबाबमा रहेको थियो । अन्ततः खेलको ८७ औं मिनेटमा पाएको पेनाल्टीमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । खेल बराबरीसँग नेपालको समूह चरणमा सात अकंसहित फाइनलमा प्रवेश पाएको हो ।

यस प्रतियोगितामा पाकिस्तान र भूटानले भाग नलिएपछि राउन रोबिन्सको आधारमा खेल खेलाइएको हो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?