चाडपर्वमा सन्तुलित खानपान

काठमाडौँ, असोज २६ । चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खानपान गर्न सुझाव दिएका छन् ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेका धेरै घटना रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले बताउनुभयो ।
दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुने जानकारी उहाँले दिनुभयो ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्ने गरेको उहाँले बताउनुभयो । डा. कोइरालाले भन्नुभयो, “खसी, बोका, राँगा र बङ्गुुरको मासु रातो हुनाले मानिसको स्वास्थ्यमा असर गर्ने गर्छ । त्यसैले सकभर त्यस्तो मासुमा बजारको मसला हालेर खानु हुँदैन ।”

दशैँमा एक दिन खसी काटेर १० दिनसम्म खाने चलन छ । डा. कोइरालाको भनाइमा यसरी धेरै दिनसम्म मासु राखेर खानु स्वास्थ्यका लागि राम्रो हँुदैन । चाडपर्वमा शारीरिक व्यायाम नगर्नाले पनि कोलेस्ट्रोल तथा चिल्लो बढ्ने र मुटुमा असर गर्ने उहाँको भनाइ छ । “रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीले सबैभन्दा बढी असर दिमागमा र त्यसपछि क्रमशः मुटु र कलेजोमा पार्छ”, डा. कोइरालाले प्रस्ट पार्नुभयो ।

चाडपर्वका अवसरमा मदिराजन्य पदार्थ बढी सेवन गरिने हुनाले मुटुको धड्कनमा गडबडी उत्पन्न भई मुटुले काम नै नगर्न सक्छ । गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्नेतर्फ पनि उहाँले सचेत गराउनुभयो ।

पोषणविद् डा. अरुणा उप्रेतीले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शारीरिक अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खान सुझावदिनुभयो । चाडबाडका नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठूलो क्षति बेहोर्नु परेको छ । उहाँले भन्नुभयो, “मानिसले दशैँको खानामा ध्यान नपु¥याउँदा जटिल रोगको सिकार हुनुपर्ने अवस्था आउन सक्छ ।”

पेटरोग विशेषज्ञ डा. सञ्जय पौडेलले चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा सेवन गर्न नहुने व्यक्तिले पनि दशैँमा खाने गर्छन् । यसका कारण मानिसको स्वास्थ्यमा समस्या आउने गर्छ ।”

दशैँमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाइड्रेसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्नेलगायतका समस्या देखा पर्ने जानकारी उहाँले दिनुभयो । ग्यास्ट्रिक, अल्सर भएका व्यक्तिले मदिरा, मासु खानुभन्दा अगाडि विचार पु¥याउनुपर्ने भन्दै डा. पौडेलेले असन्तुलित खानाले शरीरलाई फाइदा नगर्ने बताउनुभयो । मासु र मदिराभन्दा काँक्रो, मुला, गाँजरजस्ता खाना खान सुझाव दिँदै उहाँले खानासँगै दैनिक एक घण्टा पैदल हिँड्ने र शारीरिक व्यायाम गर्नुपर्ने जानकारी दिनुभयो ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?