नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कञ्चनपुरले विविध कार्यक्रमका साथ ४६ औं स्थापना दिवस मनायाे 

महेन्द्रनगर १० असार।

कञ्चनपुरको महेन्द्रनगरमा एक मजदुर संगठनले आफ्‌नो ४६ औं स्थापना दिवसको दिन रक्तदानको साथै विविध स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ। सोमवार भीमदत्त-०४ नयाँ बसपार्कमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कञ्चनपुरले विविध कार्यक्रमका साच स्थापना दिबस मनाएको हो।

उक्त रक्तदान, स्वास्थ्य चेकजाच, आँखा चेकजाच तथा शुभकामना आदान प्रदान कार्यक्रम संगठनका अध्यक्ष हर्क बहादुर रावलको अध्यक्षतामा प्रमुख अतिथि भीमदत्त ०४ का वडा अध्यक्ष शिल कुमार भट्ट, बरिष्ठ अतिथि डम्मर राज पन्त, लक्ष्मण पचभैया, सन्तोष खनाल, अतिथि जनक बहादर चन्द, कृष्ण देव पन्त, महेश प्रसाद बोहरा लगायत कार्यसमितिका सदस्यहरु संगै यातायात मजदुर, विभिन्न संघ संगठनका व्यक्तिहरुको सहभागिता रहेको थियो। आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, कञ्चनपुर, गेटा आँखा अस्पताल, आंखा अस्पताल महेन्द्रनगर र सितल अस्पताल महेन्द्रनगरले सहकार्य गरेको थियो। मजदुर संगठनको उक्त आयोजित कार्यक्रममा गेटा आँखा अस्पतालको शाखा महेन्द्रनगर आँखा अस्पतालले मजदुरहरुलाई ३०० वटा चस्मा निशुल्क उपलब्ध गराएको थियो र सितल अस्पतालले २५० जनाको स्वास्थ्य चेकजांच गरेको थियो भने रक्तदान गर्नेहरुबाट १२ पइन्ट ब्लड उपलब्ध भएको थियो। यसै गरी सितल अस्पतालले पातायात मजदुर संगठनका सदस्यहरुले कार्ड सहित आएपछि १० प्रतिशत सम्म स्वास्थ्य सेवामा छुट दिने सम्झौता गरेको थियो भने मजदुर संगठनले आफ्‌नो संगठनको लोगो सहित चारवटा डस्टबिन बसपार्कमा राखेका थिए ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?