पार्टी विरोधी गतिविधिमा संलग्न सुदूरपश्चिमका पाँच नेता राजमोबाट निश्कासित

 

भीमराज जोशी
कन्चनपुर
राष्ट्रिय जनमोर्चाले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुदूरपश्चिमका पाँच नेतालाई कारबाही गरेको छ । उनीहरूलाई पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै साधारण सदस्यतासमेत नरहने गरी अनिश्चितकालका लागि निश्कासित गरिएको राजमोले जनाएको छ ।
केन्द्रीय सदस्य लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्साल, केन्द्रीय पार्षदहरू लक्षीराम आचार्य (कैलाली), केशवनाथ योगी (डोटी) र गोविन्द विक (कञ्चनपुर) लाई कारबाही गरेको राजमो सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय जनमोर्चाले फुटपरस्त गतिविधिमा संलग्न रहेको भन्दै ती पाँच नेतालाई कारबाही गरिएको स्पष्ट पारेको हो ।यही भदौ ८ र ९ गते सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाको नाममा केही व्यक्तिहरुले भेला गरी समानान्तर समिति बनाएका थिए ।    सो कार्यमा संलग्नलाई कारबाही गर्नुका साथै राजमोले भ्रमबस पार्टी विरोधी समूहमा सामेल नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्कन पनि आग्रह गरेको छ ।

ताजा खबर

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?