विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार ।
कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयले माग अघि सारेका छन । भीमदत्त नगरपालिका ३ तिलकपुर–विष्णूमन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयले माग अघि सारेका हुन । बिहीबार केही स्थानीयले सडकमै आएर बर्षातका बेला कालोपत्रे गरेर काम काट्नु भन्दा घाम लागेको दिन सडक निर्माण कार्य अघि बढाउन आफुहरुको माग रहेको बताएका छन ।
स्थानीय शंकर विष्टले पानी परीरहेको समयमा निर्माण व्यवसायीले कालोपत्रे गरेको जुन गुणस्तरहिन हुन जाने बताए । ‘पानी परेकै दिन कालोपत्रे भयो, ‘उनले भने, ‘यसरी कालोपत्रे हुँदा सडकको गुणस्तरियता
हुदैन ।’ उनले समय म्याद भए किन बर्षातका बेला कालोपत्रे गर्न लागेको भन्दै प्रश्न गरेका छन ।
अर्का स्थानीय पुर्व वडा अध्यक्ष राम बहादुर जप्रेलले बजेट सक्नका लागि कालोपत्रे गर्न नहुने बताए । उनले कालोपत्रे भएको सडक उम्किरहेको बताए । ‘जनताले कालोपत्रे गुणस्तरिय बलियो हुनुपर्छ, भनेका छन, ‘उनले भने, ‘सडक मापदण्ड अनुरुप गुणस्तरिय बन्नुपर्छ ।’ अर्का स्थानीय दान सिह विष्टले पानी परेकै दिन कालोपत्रे गर्दा समस्या भएको बताए । उनले जहाँ जहाँ समस्या देखियो, त्यहाँ त्यहाँ सुधारमा जोडदिएका छन । पुर्व वडाध्यक्ष समेत रहेका जप्रेलले आर्थिक बर्ष सकिने र बर्षातका बेला यसरी राज्यको स्रोत दोहन गर्न स्वीकार नहुने समेत जिकिर गरेका छन । स्थानीय सुरेश विष्टले सडक निर्माणको काम सम्पन्न नभएको हुँदा निर्माणका क्रममा देखिएका त्रृटी निर्माण व्यवसायीले हटाउनु पर्ने बताउँदै मापदण्ड निर्माणमा सुझाव दिएका छन ।
सडक निर्माणका क्रममा खटिएका मजदुर दिपक सार्कीले कालोपत्रेको काम भईरहेका बेला एक्कासी पानी आएको बताउँदै उताबाट फालिसकेको माल मर्मत गरेको बताए । स्थानीयले सडक निर्माणमा अनियमितता भए सम्बन्धीत निकायदेखि अख्तियार कार्यालयमा जाने चेतावनी दिएका छन । स्थानीयले विकासका लागि आएको राज्यको रकम सदुपयोग गरिदिन समेत आग्रह गरेका छन ।
निर्माण व्यवसायी मनकामना विल्र्डसका संचालक नरेश कुँवरले बर्षातका बेला कालोपत्रे नगरेको दावि गरेका छन । उनले ठेक्का रनिङमै भईरहेको बेला देखिएका त्रृटी पुरा गर्दै मापदण्ड अनुरुप अघि बढ्ने बताए । ‘यहाँ सडक निर्माणको विषयलाई लिएर केही स्थानीयले प्रशन उठान, गुनासो राखेका छन, ‘उनले भने, ‘जनताका गुनासा सम्बोधन गर्दै निर्माणकै क्रममा भएको हुँदा मापदण्ड अनुरुपै गुणस्तरिय सडक निर्माण गर्छु ।’
आफुले पनि अन्तैबाट प्लान्ट ल्याएको र त्यही प्लान्टमा त्रृटी भएको उनको दावि
छ । उनले आफ्नो ससुराली गाँउ भएकाले पनि समाजिक नैतिक रुपमा थप जिम्मेबार भएर सडक निर्माण गर्ने विश्वास व्यक्त गरेका छन । दायाँबायाँ ढल सहित ५सय मिटर सडक कालोपत्रेकाको उक्त योजनाकोे म्याद भएकाले मापदण्ड अनुरुप गुणस्तरिय बनाउने निर्माण व्यवसायीको प्रतिबद्धता छ । सडक निर्माणका क्रममा आवश्यक सहयोग गरिदिन उनले आग्रह गरेका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?