कञ्चनपुरका निजामती दिवस :बेदकोट चुरे तटिय क्षेत्रमा बृक्षारोपण

भदौ २२,कञ्चनपुर,
कञ्चनपुरमा समेत निजामती दिवस मनाईएको छ । मंगलबार कञ्चनपुरमा पनि निजामती दिवस मनाएको हो । दिवसका अवसरमा बेदकोट नगरपालिका चुरे तटिय क्षेत्रमा बृक्षारोपण गरिएको छ । बेदकोट नगरपालिका ६ मुसेपानी स्थित गणेश सामुदायिक वन र निजनमती दिवस आयोजक समितिले संयुक्त रुपमा निर्मणाधिन महाकाली तेस्रो चरणको नहर क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपेर बृक्षारोपण गरिएको थियो । निजामती दिवस समारोहका संयोजक समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले डिभिजन वन मार्फत बृक्षारोपणका स्थानीय गणेश सामुदायिक वनसंग समन्वय गरेका थिए । विभिन्न प्रजातिका झण्डै ५देखि ७ सय बिरुवा रोपिएका छन ।
महाकाली सिँचाई तेस्रो चरण आयोजनाले निजमाती दिवसका अवसरमा बृक्षारोपण गरिएको स्थानलाई निजामती वाटीका नामाकरण गर्दै संरक्षणको प्रतिबद्धता जाहेर गरिएको छ । उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिश कृष्णलाल भट्टराई, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे, जिल्लाभरीका विभिन्न सरकारी कार्यालय कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, स्थानीय समुदायिक वनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

गणेश सामुदायिक वनको २५ बर्षे यात्रा

 विकास सिह महता कञ्चनपुर, २६ असोज कञ्चनपुरको उत्तरी भेगमा रहेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?