कञ्चनपुरका निजामती दिवस :बेदकोट चुरे तटिय क्षेत्रमा बृक्षारोपण

भदौ २२,कञ्चनपुर,
कञ्चनपुरमा समेत निजामती दिवस मनाईएको छ । मंगलबार कञ्चनपुरमा पनि निजामती दिवस मनाएको हो । दिवसका अवसरमा बेदकोट नगरपालिका चुरे तटिय क्षेत्रमा बृक्षारोपण गरिएको छ । बेदकोट नगरपालिका ६ मुसेपानी स्थित गणेश सामुदायिक वन र निजनमती दिवस आयोजक समितिले संयुक्त रुपमा निर्मणाधिन महाकाली तेस्रो चरणको नहर क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपेर बृक्षारोपण गरिएको थियो । निजामती दिवस समारोहका संयोजक समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले डिभिजन वन मार्फत बृक्षारोपणका स्थानीय गणेश सामुदायिक वनसंग समन्वय गरेका थिए । विभिन्न प्रजातिका झण्डै ५देखि ७ सय बिरुवा रोपिएका छन ।
महाकाली सिँचाई तेस्रो चरण आयोजनाले निजमाती दिवसका अवसरमा बृक्षारोपण गरिएको स्थानलाई निजामती वाटीका नामाकरण गर्दै संरक्षणको प्रतिबद्धता जाहेर गरिएको छ । उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिश कृष्णलाल भट्टराई, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे, जिल्लाभरीका विभिन्न सरकारी कार्यालय कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, स्थानीय समुदायिक वनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?