सुदूरपश्चिममा ‘गौरा’ पर्व आजबाट बिधिबत् सुरु, आज विरुडा पञ्चमी

भदौ  ११ कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिबत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ ।

आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिङ्गारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिईन्छ। पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ।

आधिकारीक रुपमा गौरा पर्वको सुरुवात आजबाट अर्थात भाद्र शुक्ल पञ्चमीबाट हुने भएपनि आंशिक रुपमा जनैपूर्णिमाका दिनबाटै सुरुभईसकेको हुन्छ। ‘गौराको बिधिवत् सुरुवात त बिरुणा पञ्चमीबाटै हुने हो,’ महिला नेतृ पार्वती चन्द भन्छिन्, ‘तर, गौरा मनाउने तयारीहरु अगाडिबाटै शुरु भैसकेका हुन्छन्।’ जनैपूर्णीमामा गौरा स्थापना गर्ने ठाउँ लिपपोत गर्न शुद्ध माटो ल्याउने, प्रतिप्रदामा लिपपोत गर्ने, द्वितिया/तृतियमा व्रतालुले लत्ताकपडा धुने÷नुहाउने र चतुर्थीमा बिरुडाका लागि गेडागुडी केलाउने लगायतका काम गरिन्छ। तिनै केलाईएका विरुडा पञ्चमीमा भिजाएर गौराको बिधिबत् शुरुवात गरिन्छ। यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाईन्छ।

सप्तमी र अष्टमीका दुई दिन गौराका बिशेष दिनहरु हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसंगै उम्रीएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याइन्छ। यसवर्ष षष्ठी र सप्तमी एकैदिन परेकाले प्रतिमा भित्र्याउने काम बुधबार हुनेछ।

अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ। गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा नचाईन्छ। त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहा विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?