सात हात्तीले मच्चाए आतङ्क

 भदौ ९ काठमाडौँ । तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन् । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये सातवटा वयस्क हात्ती टाउको दुखाईको विषय बनेका छन् ।
गत केही वर्षयता उद्दण्ड स्वभावका यी हात्तीले तराई र भित्री मधेसका २४ जिल्लामा सयौँ व्यक्तिको ज्यान लिएका छन् भने करोडौँ रुपियाँ बराबरको भौतिक क्षति पु-याउने काम पनि निरन्तर भइरहेको छ । सन् २००० देखि २०२० सम्मको अवधिमा ३८० जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ भने ४१२ जना सख्त घाइते भएका छन् । मानवीय तथा भौतिक क्षति पु-याउने यी हात्तीलाई सरकारले समस्याग्रस्त हात्ती घोषणा गरेको छ ।

उमेर समूह १० देखि २५ वर्ष रहेका यी युवा हात्ती सबै भाले हुन् । यी हात्तीले विशेष गरी वर्षको दुई मौसममा बढी क्षति पु-याउने गरेको अध्ययनले देखाएको छ । असार, साउन र भदौ तथा कात्तिक र मङ्सिर महिनामा भाले हात्तीलाई मात लाग्ने गर्छ । मत्ता हात्ती गाउँबस्ती पस्दा क्षति पु-याउने गरेको छ ।

नेपालका हात्तीको विषयमा विद्यावारिधिको शोध अध्ययन गरिरहनुभएका अशोककुमार रामका अनुसार झापा, कोसीटप्पु, पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा क्षेत्रमा ती हात्तीले वितण्डा मच्चाइरहेका छन् । समस्याग्रस्त हात्तीको पहिचान गर्न सजिलो होस् भनेर हात्तीको बानी, व्यवहार, आचरणअनुसार नामकरण पनि गरिएको छ । गोविन्दे, ध्र्रुवे, रोनाल्डो, गणेश, मकुना, बाघे, दाँते नाम राखिएका हात्ती मानव बस्तीमा पस्ने, घर भत्काउने, मानिसलाई लेखेट्ने, मार्नेलगायतका काम हुँदै आएका छन् ।

केही वर्षअघि चितवन र पर्सा क्षेत्रमा उद्दण्ड मच्चाउँदै आएको ध्रुवेलाई गोली हानेर मार्ने निर्णय सरकारले गरेको थियो । नेपाली सेनाको टोलीले ७२ वटा गोली प्रहार गर्दा समेत बाँचेको ध्रुवे हात्तीले अझै हानि–नोक्सानी गर्न छाडेको छैन । गत चैत महिनामा गैँडा गणना गर्ने क्रममा ध्रुवेले आक्रमण गर्दा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक जना कर्मचारी सख्त घाइते भएका थिए । मकुना नाम गरेको हात्तीले कोसीटप्पु आसपासका क्षेत्रमा क्षति पु-याउँदै आएको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृतसमेत रहनुभएका शोधकर्ता रामले भन्नुभयो, “नेपालमा रैथाने हात्तीले त्यति दुःख दिएको छैन । आफ्नो समूहबाट अलग्गिएर भारतबाट नेपाल आएका किशोर हात्तीले मान्छे मार्ने, घर भत्काउने, बालीनाली नोक्सानी पु-याउने काम गरेको देखिन्छ ।” उहाँले सन् २००० देखि सन् २०२० सम्म नेपालमा हात्तीले पु¥याएको क्षति बारे अध्ययन गर्नुभएको छ । सो अध्ययनमा ७५ प्रतिशतभन्दा बढी घटना यिनै समस्याग्रस्त सात हात्तीबाट भएको पाइएको छ ।

हात्तीले क्षति गर्ने समयको अध्ययन गर्दा साँझको ७ बजेदेखि रातिको ११ बजेसम्म अधिकांश घटना हुने गरेका छन् । हात्ती बस्तीमा पस्दा राँको बाल्ने, होहल्ला गरेर धपाउने गरिन्छ । यस क्रममा हात्तीको आक्रमणमा जाँड, रक्सी सेवन गरेका अधिकांश व्यक्ति पर्ने गरेका अध्ययनबाट देखिएको छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?