सात हात्तीले मच्चाए आतङ्क

 भदौ ९ काठमाडौँ । तराई क्षेत्रमा सातवटा हात्तीले बढी आतङ्क मच्चाइरहेका छन् । झापादेखि कञ्चनपुरसम्मको जङ्गलमा २२७ वटा रैथाने हात्ती पाइने आँकडा छ । त्यसमध्ये सातवटा वयस्क हात्ती टाउको दुखाईको विषय बनेका छन् ।
गत केही वर्षयता उद्दण्ड स्वभावका यी हात्तीले तराई र भित्री मधेसका २४ जिल्लामा सयौँ व्यक्तिको ज्यान लिएका छन् भने करोडौँ रुपियाँ बराबरको भौतिक क्षति पु-याउने काम पनि निरन्तर भइरहेको छ । सन् २००० देखि २०२० सम्मको अवधिमा ३८० जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ भने ४१२ जना सख्त घाइते भएका छन् । मानवीय तथा भौतिक क्षति पु-याउने यी हात्तीलाई सरकारले समस्याग्रस्त हात्ती घोषणा गरेको छ ।

उमेर समूह १० देखि २५ वर्ष रहेका यी युवा हात्ती सबै भाले हुन् । यी हात्तीले विशेष गरी वर्षको दुई मौसममा बढी क्षति पु-याउने गरेको अध्ययनले देखाएको छ । असार, साउन र भदौ तथा कात्तिक र मङ्सिर महिनामा भाले हात्तीलाई मात लाग्ने गर्छ । मत्ता हात्ती गाउँबस्ती पस्दा क्षति पु-याउने गरेको छ ।

नेपालका हात्तीको विषयमा विद्यावारिधिको शोध अध्ययन गरिरहनुभएका अशोककुमार रामका अनुसार झापा, कोसीटप्पु, पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा क्षेत्रमा ती हात्तीले वितण्डा मच्चाइरहेका छन् । समस्याग्रस्त हात्तीको पहिचान गर्न सजिलो होस् भनेर हात्तीको बानी, व्यवहार, आचरणअनुसार नामकरण पनि गरिएको छ । गोविन्दे, ध्र्रुवे, रोनाल्डो, गणेश, मकुना, बाघे, दाँते नाम राखिएका हात्ती मानव बस्तीमा पस्ने, घर भत्काउने, मानिसलाई लेखेट्ने, मार्नेलगायतका काम हुँदै आएका छन् ।

केही वर्षअघि चितवन र पर्सा क्षेत्रमा उद्दण्ड मच्चाउँदै आएको ध्रुवेलाई गोली हानेर मार्ने निर्णय सरकारले गरेको थियो । नेपाली सेनाको टोलीले ७२ वटा गोली प्रहार गर्दा समेत बाँचेको ध्रुवे हात्तीले अझै हानि–नोक्सानी गर्न छाडेको छैन । गत चैत महिनामा गैँडा गणना गर्ने क्रममा ध्रुवेले आक्रमण गर्दा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक जना कर्मचारी सख्त घाइते भएका थिए । मकुना नाम गरेको हात्तीले कोसीटप्पु आसपासका क्षेत्रमा क्षति पु-याउँदै आएको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृतसमेत रहनुभएका शोधकर्ता रामले भन्नुभयो, “नेपालमा रैथाने हात्तीले त्यति दुःख दिएको छैन । आफ्नो समूहबाट अलग्गिएर भारतबाट नेपाल आएका किशोर हात्तीले मान्छे मार्ने, घर भत्काउने, बालीनाली नोक्सानी पु-याउने काम गरेको देखिन्छ ।” उहाँले सन् २००० देखि सन् २०२० सम्म नेपालमा हात्तीले पु¥याएको क्षति बारे अध्ययन गर्नुभएको छ । सो अध्ययनमा ७५ प्रतिशतभन्दा बढी घटना यिनै समस्याग्रस्त सात हात्तीबाट भएको पाइएको छ ।

हात्तीले क्षति गर्ने समयको अध्ययन गर्दा साँझको ७ बजेदेखि रातिको ११ बजेसम्म अधिकांश घटना हुने गरेका छन् । हात्ती बस्तीमा पस्दा राँको बाल्ने, होहल्ला गरेर धपाउने गरिन्छ । यस क्रममा हात्तीको आक्रमणमा जाँड, रक्सी सेवन गरेका अधिकांश व्यक्ति पर्ने गरेका अध्ययनबाट देखिएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?