बिरामीको चाप घट्न थाल्यो महाकाली प्रादेशिक अस्पतालमा

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा सञ्चालित कोभिड अस्पतालमा बिरामीको चाप घटन थालेको छ । बैशाख अन्तिम साता थेग्नै नसक्ने गरी बढेको विरामीको चाप एक महिनापछि निकै घटेको हो ।

कोरोना सङ्क्रमितहरुको उपचारका लागि महाकाली प्रादेशिक अस्पताल सहित आईसिएच महेन्द्रनगर, दोधाराचाँदनी, वेदकोट, बेलौरी, पिपलाडी, कृष्णपुर, लालझाडी र बेल्डाडी लगायतका क्षेत्रमा कोभिड अस्पताल सञ्चालनमा रहेका छन् ।

हाल महाकाली प्रादेशिक अस्पतालमा–१६, दोधारा चाँदनीमा–६, ईशान अस्पताल बेलौरीमा–१०, आईसिएच महेन्द्रनगरमा–१७, शुक्लाफाँटमा–१, कृष्णपुरमा–१० र बेलौरीमा–९ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी गौरसिंह कार्कीले बताए ।

‘पहिले दैनिक २÷३ सय जना सङ्क्रमित हुदै थिए, अहिले सङ्क्रमितको दैनिक संख्या १५ देखि २० जनामा सीमित भएको छ,’ उनले भने–‘बिरामी घटेसँगै हामीले पनि राहत महसुस गरेका छौँ ।’ सुरुसुरुमा अस्पतालमा रहेका बेड भन्दा दोब्बर बिरामी हुँदा ग्यालरीमा समेत राखेर उपचार गर्नु परेको थियो ।

तर पछिल्लो समय बिरामीको सङ्ख्या कम हुन थालेपछि अस्पतालका बेडहरु खाली हुन थालेको सूचना अधिकारी कार्कीले बताए । उनका अनुसार कोभिडको सम्भावित तेस्रो चरणका लागि समेत सबैले अहिले नै तयारी थाल्नुपर्ने छ ।

‘पहिलो चरणमा खासै तयारी नहुँदा र दोस्रो चरणका लागि पूर्व तयारीको अभाव हुँदा भयावह स्थिति आयो, अव सम्भावित तेस्रो चरणका लागि पूर्व तयारी गर्नु छ,’ उनले भने–‘स्वास्थ्य सामग्रीको उपलब्धता र पूर्वाधार निर्माण राम्रो भए कोरोनासँगको लडाइँ सहजै जित्न सकिन्छ ।’

उनका अनुसार कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना तथा खोपको उपलब्धतालाई विशेष प्राथमिकतामा राख्नु पर्दछ ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?