दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी एनप्याव्सन कचनपुरले जितेको छ ।
कञ्चनपुरका व्यवशायी तथा खेलप्रेमी स्वर्गीय वासुदेव वोहराको स्मृतिमा आयोजना हुदै आएको दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी एनप्याव्सन कचनपुरले हात पारेको हो । शुक्रवार देखि शुरु भएको उक्त मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा, कञ्चनपुर उद्योग वाणिज्य संघ प्याव्सन कञ्चनपुर र एनप्याव्सन कञ्चनपुर सहभागि भएका थिए । प्रतियोगिताको शुरुवातमा एनप्याव्सन कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई र प्याव्सन कञ्चनपुरले कञ्चनपुर उद्योग वाणिज्य संघ लाई हराउदै फाईनल खेल खेलेका थिए । फाईनलमा एनप्याव्सन कञ्चनपुरले प्याव्सन कञ्चनपुर लाई शुन्यका विरुद्ध तिन गोलले हराउदै प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।
फुटवल संगै कञ्चनपुरमा हुने हरेक खेलकुदका कार्यक्रमहरुमा स्वर्गीय कार्यक्रमको वासुदेव वोहराको अतुलनीय योगदान रहेको भन्दै कञ्चनपुर जिल्ला फुटवल संघका अध्यक्ष गणेश वहादुर चन्दले आगामी दिनमा यस प्रतियोगितालाई जिल्ला फुटवल संघको सहकार्यमा अघि बढाएर अझै व्यवस्थीत तथा थप उचाई प्रदान गर्न पहल गरिने वताउनु भएको छ ।
प्रतियोगिताका विजेता र उपविजेता टीमलाई क्रमस ५१ सय र २१ सय नगद सहित कप प्रदान गरिएको छ । यो संगै आजै विद्यालय स्तरीय फुटसल प्रतियोगिताको समेत भव्यताको उदघाटन गरिएको छ । उक्त विद्यालय स्तरीय फुटसल प्रतियोगिता १० दिन सम्म सञ्चालन हुने छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?