बिरामीको चाप घट्न थाल्यो महाकाली प्रादेशिक अस्पतालमा

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा सञ्चालित कोभिड अस्पतालमा बिरामीको चाप घटन थालेको छ । बैशाख अन्तिम साता थेग्नै नसक्ने गरी बढेको विरामीको चाप एक महिनापछि निकै घटेको हो ।

कोरोना सङ्क्रमितहरुको उपचारका लागि महाकाली प्रादेशिक अस्पताल सहित आईसिएच महेन्द्रनगर, दोधाराचाँदनी, वेदकोट, बेलौरी, पिपलाडी, कृष्णपुर, लालझाडी र बेल्डाडी लगायतका क्षेत्रमा कोभिड अस्पताल सञ्चालनमा रहेका छन् ।

हाल महाकाली प्रादेशिक अस्पतालमा–१६, दोधारा चाँदनीमा–६, ईशान अस्पताल बेलौरीमा–१०, आईसिएच महेन्द्रनगरमा–१७, शुक्लाफाँटमा–१, कृष्णपुरमा–१० र बेलौरीमा–९ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी गौरसिंह कार्कीले बताए ।

‘पहिले दैनिक २÷३ सय जना सङ्क्रमित हुदै थिए, अहिले सङ्क्रमितको दैनिक संख्या १५ देखि २० जनामा सीमित भएको छ,’ उनले भने–‘बिरामी घटेसँगै हामीले पनि राहत महसुस गरेका छौँ ।’ सुरुसुरुमा अस्पतालमा रहेका बेड भन्दा दोब्बर बिरामी हुँदा ग्यालरीमा समेत राखेर उपचार गर्नु परेको थियो ।

तर पछिल्लो समय बिरामीको सङ्ख्या कम हुन थालेपछि अस्पतालका बेडहरु खाली हुन थालेको सूचना अधिकारी कार्कीले बताए । उनका अनुसार कोभिडको सम्भावित तेस्रो चरणका लागि समेत सबैले अहिले नै तयारी थाल्नुपर्ने छ ।

‘पहिलो चरणमा खासै तयारी नहुँदा र दोस्रो चरणका लागि पूर्व तयारीको अभाव हुँदा भयावह स्थिति आयो, अव सम्भावित तेस्रो चरणका लागि पूर्व तयारी गर्नु छ,’ उनले भने–‘स्वास्थ्य सामग्रीको उपलब्धता र पूर्वाधार निर्माण राम्रो भए कोरोनासँगको लडाइँ सहजै जित्न सकिन्छ ।’

उनका अनुसार कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना तथा खोपको उपलब्धतालाई विशेष प्राथमिकतामा राख्नु पर्दछ ।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?