नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहने वताउनु भएको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहने र सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन हुने वताउनु भएको हो । बिहीबार महेन्द्रनगरमा नेपाल प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले वर्तमान गठबन्धन अगामी २०८४ सम्मै रहने र सबैदलहरु संगको कांग्रेस र एमालेले मात्र नभई जसरी सबै दल मिलेर संविधान निर्माण गरियो त्यसरी नै सबैदलको सहमतिमा संविधानमा आवश्यक संसोधन गरिने समेत वताउनु भयो ।

यसै गरि पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफल दिदै गृहमन्त्री लेखकले कञ्चनपुरकी स्वर्गीय निर्मला पन्तको हत्यारा पत्ता लगाउन सुक्ष्म ढंगले अनुसन्धान भईरहेको ले यस बारे आफुले धेरै बोल्न नमिल्ने वताउनुदै सहकारी ढगी प्रकरणमा समेत संसदीय छानविन समितीले अध्ययन अनुसन्धान गरिरहेको हुदा यसबारे समेत आफुले धेरै बोल्न नमिल्ने वताउनु भयो ।

बुधवार महेन्द्रनगरमा नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मीत भवन र ईलाका प्रहरी कार्यालय दोधारा चादनीको नवनिर्मित भवनको उदघाटन गर्दै दोधारा चादनीको बाढी ग्रस्त क्षेत्रको समेत अवलोकन गरेका गृहमनत्री लेखकले निर्मलाको न्यायिक आन्दोलनमा घाईते भएका सबै घाईतेको पक्षमा राजधानी फर्किने वित्तीकै केही न केही निर्णय गर्ने वताउनु भएको छ ।

ताजा खबर

वाढीले भत्काएको सुुडा पुल ठेक्का सम्झौता अघि नै पुर्ननिर्माण 

  सुनिल राना कञ्चनपुर, २५ असार काम गरे के हुँदैन, यो उदाहरण...

वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अगावै निर्माण सम्पन्न

कञ्चनपुर, २४ असार । गत बर्ष भिषणा बर्षासंगै २३ असार...

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?