कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र राखेर बनाएको भिडियो भाइरल भएको केही समयमै उनको मृत्यु भएको छ। २० वर्षीय शिवा राजलु नामका ती युवकले सामाजिक सञ्जालमा लोकप्रिय हुने चाहनामा यस्तो जोखिमपूर्ण काम गरेका थिए।

सडकको बीचमा उभिएर कोब्रालाई मुखभित्र राखेको उनको भिडियोमा सर्पले उनलाई टोक्ने दृश्य पनि कैद भएको छ। सर्पको विषले तत्कालै उनलाई बेहोस बनाएको थियो। नजिकैको अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।

शिवाका बुवा गंगाराम पनि सर्प समात्ने काममा संलग्न थिए। उनले नै छोरालाई यस्तो जोखिमपूर्ण काम गर्न प्रेरित गरेका थिए। यस घटनाले सामाजिक सञ्जालको लोकप्रियताका लागि मानिसहरू कतिसम्म जान तयार हुन्छन् भन्ने कुरा उजागर गरेको छ। सर्पविज्ञहरूले यस्ता खतरनाक स्टन्ट गर्नु कत्तिको जोखिमपूर्ण हुन्छ भनेर बारम्बार सचेत गराउँदै आएका छन्।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?