बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती पर्व धुमधामका साथ सम्पन्न भएको छ ।


कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा प्रत्येक वर्ष भाद्र २० गते मनाईदै आएको बिर्षती पर्व यस वर्ष पनी धुमधामका साथ सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा मनाईदै आएको परम्परागत तथा मौलीक विर्षती पर्व पछिल्लो समय कञ्चनपुरमा समेत धुमधाम संग मनाईदै आएको छ । अहिले आएर यो पर्वमा बझाङी समुदायले मात्र नभई अहिले अन्य जिल्लाका वाशीन्दाले समेत सहभागी भई भव्यताका साथ मनाउने गरेका छन् ।

माता दुर्गा भवानीले  महिसाशुर राक्षसको संहार गरेको खुसीयालीमा बिर्षती मनाउने किवंदन्ती रहेको हो । प्रत्येक वर्ष भाद्र महिनाको २० गते बिर्षती वर्ष मनाउने भएपनी भाद्र महिनाको २० गते र माघ र फागुन महिनाको १६ गते माता दुर्गाभवानीको विशेष पुजाआर्चना गर्ने गर्ने चलनरहि आएको छ । भाद्र २० अर्थात माता दुर्गाभवानीले महिसाशुरको अधिनमा रहेको सवै ठाउँलाई मुक्त गरेको खुसियालीमा दुख विर्षने र सुखको दिन आएको महसुस गरि यो पर्व मनाउने गरिएको स्थानीय लालवहादुर थापाले वताउनु भयो ।


यसै गरि यस वर्षको विर्षती पर्वमा टाढा टाढा बाट मेला हेर्न आउने दर्शनार्थीहरुको सहजताको लागी शान्ति सुरक्षा देखी खानेपानीको समेत उचित व्यवस्थापन गरिएको बिर्षती पर्व आयोजक मूल समितीका संयोजक नारायण प्रसाद मिश्रले वताउनु भयो । साथै उहाले मेलामा आउने व्यवशायीहरुको सुरक्षाका लागी नगर प्रहरी, नेपाल प्रहरी र ससस्त्र प्रहरी संग सहयोग मागेर राम्रो व्यवस्थापन गरेको समेत उहाले वताउनु भयो ।


यसै गरि विर्षती पर्वमा वडाकार्यालयले समेत सक्दो आर्थिक सहयोग र शान्ति सुरक्षाको व्यवस्था गरेको वताउनु भयो । साथै उहाले टाढा टाढा बाट पनी मानिसहरु विर्षती पर्व हेर्न आउने भए पनी प्रचार प्रसारको अभाव रहेको हुदा आगामी दिनहरुमा अझै यसलाई व्यवस्थीत गर्दै लैजाने समेत वताउनु भयो ।

यस पर्वमा रातभर जाग्राम वसेर महिला तथा पुरुषले देउडा, ठाडिभाका लगायतका खेल खेल्नुका साथै भगवती मन्दिर वाट निस्केको जात्रामा देवी रुप काम्द महिला र पुरुषको टोली ले भारी गाथा ‘चाभाई–चाभाई‘ गाउने गर्दछन । विगतमा सिमित क्षेत्रमा मात्रै मनाईने बिसरती पर्व पछिल्लो समय यस पर्वको लोकप्रियताले धार्मिक शहिष्णुता र परम्परागत मौलिक संस्कृतीको जगेर्ना गर्नसमेत मद्दत पुगेको छ ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?