सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अटाएनन् प्रदेश गौरवका आयोजना

कञ्चनपुरः सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रादेशिक गौरवका योजनाहरु समावेश नगरिएको गुनासो गरिएको छ। चालु आर्थिक वर्षमा प्रदेशको विकास तथा प्रदेश सरकारका ठूला योजनाहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश नभएका गुनासो गरिएको छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश नभएकाले बजेट कार्यक्रममा समेत नआउने आशंका गरिएको छ। तर सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि भने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महत्वकांक्षी कार्यक्रम समावेश गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा “जलस्रोतमा लगानी, नागरिकको आम्दानी” को नीति लागु गरिने भनिएको थियो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १८४ मा सरकार र जनताको संयुक्त लगानीमा जलविद्युत निर्माण, प्रबद्र्धन र बजारीकरणको नीति लिइने भनिएको छ।

तर आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा सो नीति समावेश गरिएको छैन्। चालु आर्थिक वर्षमा प्रदेश ऊर्जा नीति तर्जुमा गरिने छ मात्र भनिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको १८२ नम्बर बुँदामा प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश ऊर्जा नीति तर्जुमा गरिनेछ भनिएको छ।

चालु आर्थिक वर्षमा यस्तो थियो
चालु आर्थिक वर्षमा नौ वटै जिल्लामा एक–एक आधुनिक शहर निर्माण गरिने नीति प्रदेश सरकारले लिएको थियो। तर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरेको देखिएको छैन्। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १८९ मा नौ वटै जिल्लामा कम्तिमा एक–एक वटा आधुनिक शहरका लागि विस्तृत अध्ययन गरि कार्य सञ्चालन गरिने छ, भनिएको छ।

“रोगबाट बचाऔँ, भोकबाट जोगाउँ”, “कृषकसँग कृषि विद्यार्थी,” “मेरो विशेषज्ञता, मेरै प्रदेशका लागि,” “स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम,” “मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम,” “एक विद्यालय एक नर्स र एक योग गुरु” लगायतका कार्यक्रमहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा देखिएका छैनन्।

तर प्रदेश सरकारले नयाँ कार्याक्रहरु भने थपेको छ। आगामी आर्थिक वर्षका लागि “एक जिल्ला एक विशिष्ट उद्योग,” “पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार,” “धार्मिक पर्यटकीय सर्किट,” “स्वच्छ जल प्रवाह, समृद्ध मानवीय जीवन,” “कृषि वन कार्याक्रम प्रणाली,” “प्रदेश आन्तरिक सुरक्षा नीति,” “कानूनको अज्ञानता क्षम्य हुँदैन,” “सम्बृद्ध सुदूरपश्चिम,” एक घर, एक धारा,” सवैका लागि शिक्षा,” “हाम्रो प्रदेश, स्वास्थ प्रदेश,” लगायतका महत्वकांक्षी नयाँ कार्यक्रमहरु भने थपिएका छन्
सुदूरपश्चिम सरकारले प्रदेश गौरवका सडक तथा सडक सुरक्षाको नीति भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?