सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अटाएनन् प्रदेश गौरवका आयोजना

कञ्चनपुरः सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रादेशिक गौरवका योजनाहरु समावेश नगरिएको गुनासो गरिएको छ। चालु आर्थिक वर्षमा प्रदेशको विकास तथा प्रदेश सरकारका ठूला योजनाहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश नभएका गुनासो गरिएको छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश नभएकाले बजेट कार्यक्रममा समेत नआउने आशंका गरिएको छ। तर सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि भने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा महत्वकांक्षी कार्यक्रम समावेश गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा “जलस्रोतमा लगानी, नागरिकको आम्दानी” को नीति लागु गरिने भनिएको थियो। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १८४ मा सरकार र जनताको संयुक्त लगानीमा जलविद्युत निर्माण, प्रबद्र्धन र बजारीकरणको नीति लिइने भनिएको छ।

तर आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा सो नीति समावेश गरिएको छैन्। चालु आर्थिक वर्षमा प्रदेश ऊर्जा नीति तर्जुमा गरिने छ मात्र भनिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको १८२ नम्बर बुँदामा प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश ऊर्जा नीति तर्जुमा गरिनेछ भनिएको छ।

चालु आर्थिक वर्षमा यस्तो थियो
चालु आर्थिक वर्षमा नौ वटै जिल्लामा एक–एक आधुनिक शहर निर्माण गरिने नीति प्रदेश सरकारले लिएको थियो। तर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरेको देखिएको छैन्। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १८९ मा नौ वटै जिल्लामा कम्तिमा एक–एक वटा आधुनिक शहरका लागि विस्तृत अध्ययन गरि कार्य सञ्चालन गरिने छ, भनिएको छ।

“रोगबाट बचाऔँ, भोकबाट जोगाउँ”, “कृषकसँग कृषि विद्यार्थी,” “मेरो विशेषज्ञता, मेरै प्रदेशका लागि,” “स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम,” “मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम,” “एक विद्यालय एक नर्स र एक योग गुरु” लगायतका कार्यक्रमहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा देखिएका छैनन्।

तर प्रदेश सरकारले नयाँ कार्याक्रहरु भने थपेको छ। आगामी आर्थिक वर्षका लागि “एक जिल्ला एक विशिष्ट उद्योग,” “पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार,” “धार्मिक पर्यटकीय सर्किट,” “स्वच्छ जल प्रवाह, समृद्ध मानवीय जीवन,” “कृषि वन कार्याक्रम प्रणाली,” “प्रदेश आन्तरिक सुरक्षा नीति,” “कानूनको अज्ञानता क्षम्य हुँदैन,” “सम्बृद्ध सुदूरपश्चिम,” एक घर, एक धारा,” सवैका लागि शिक्षा,” “हाम्रो प्रदेश, स्वास्थ प्रदेश,” लगायतका महत्वकांक्षी नयाँ कार्यक्रमहरु भने थपिएका छन्
सुदूरपश्चिम सरकारले प्रदेश गौरवका सडक तथा सडक सुरक्षाको नीति भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?