पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा २९३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा बुधबार १ हजार २०३ जना निको भएर घर फर्केका छन् भने थप ६ जनाको मृत्यु भएको छ। कञ्चनपुरका र कैलालीका १्/१ जना, डडेल्धुरा र बाजुरामा २/२ जना गरि ६ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ६४४ नमुना पीसीआर तथा ५ वटा सीमानाकामा ९२० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा २९३ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २६० जनाको नमूना परीक्षण गर्दा ५४ जना, महाकाली अस्पतालमा ७८ नमूना परीक्षण गर्दा २१ जना, डडेल्धुरा अस्पतालमा १६० जनाको नमुना परीक्षण गर्दा ४० जना, बझाङमा ४३ जनाको नमुना परिक्षण्ढा गर्दा २२ जना, डोटी अस्पतालमा ४२ जनाको परिक्षाण गर्दा २७ जना र अछामको कमलबजार प्रोगशालामा ६१ जनाको परिक्षण गर्दा २८ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २९ हजार ३३८ नमूना परीक्षण गर्दा ४० हजार २४८ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २६ हजार ८०१ जनाले कोरोना जितेका छन् भने, ५१२ जनाको मृत्यु भएको छ।

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?