सुदूरपश्चिममा जे भयो, त्यो पार्टीलाई सह्य हुँदैन: प्रदेश इन्चार्ज भट्ट

धनगढी, १२ जेठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने प्रदेशसभा संसदीय दलको बैठकको निर्णय सह्य नहुने बताएका छन् ।

पार्टीको निर्देशन विपरित सुदूरपश्चिम प्रदेशमा निर्णय भएको भन्दै उनले अब के गर्ने भनेर पनि विधानमै खोजिने बताएका छन् । ‘औपचारिक जानकारी आएको छैन, तर सुने अनुसार सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठकमा आज जे निर्णय भयो भनिएको छ, त्यो पार्टीलाई सह्य हुँदैन,’ उनले भने ।

बुधबार बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । जबकि अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको १० जेठमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको थियो ।

स्थायी कमिटीले निर्णयका विषयमा छलफल गर्न बुधबार एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकले केन्द्रको निर्णय लत्याउँदै तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको छ ।

तर, यो गलत भएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले निर्णय गर्नेहरु उपर पार्टी विधान र पार्टीको संसदीय दलको विधान अनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्न सक्ने बताए ।

‘यहाँ बहुमत, अल्पमतको प्रश्न आउँदैन । पार्टीको संसदीय दलको विधान छ, पार्टी विधान छ । विधानले के भन्छ, पार्टीले के भन्छ त्यो गर्ने हो दलीय सिस्टममा,’ उनी भन्छन्, ‘कमिटीमा बहुमत होला यसको मतलब पार्टी नीति निर्देशन, विधान विपरित जान जाने भने हुँदैन । यदि कोही जान खोज्छ भने त्यो त पार्टीलाई सह्य हुँदैन ।’

पार्टीको निर्देशन उल्लंघन गर्दा के हुन्छ भन्ने उदाहरण आफूहरु नै रहेको उनले बताए । ‘उदाहरण हामी नै छौं । नेकपा हुँदा नै हामी प्रधानमन्त्रीको पक्षमा उभिइसकेका थियौं । सर्वोच्च अदालतबाट एउटा निर्णय आएपछि पार्टी अलग भयो र जो जता हो त्यतै जानुपर्ने भनियो,’ भट्ट भन्छन्, ‘हँसिया हथौडाबाट चुनाव जितेका थियौं, त्यहाँ अड्न सकेनौं । माओवादीले पार्टी विधान अनुसार कारबाही ग¥यो र त्यो स्वभाविक थियो ।’

उनले अब स्थायी कमिटीको निर्णय किन उल्लंघन गरेको भनेर सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुलाई स्पष्टीकरण सोधिनेछ । ‘स्थायी कमिटीको निर्देशन किन नमानेको भनेर सोध्ने काम हुन्छ । जवाफ चित्त नबुझे कारबाहीको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?