गौरीफन्टा नाकाबाट एक वर्षमा करिब २ सय महिला तथा बालबालिकाको उद्धार

धनगढी, ८ जेठ । कैलाली–कञ्ञ्चनपुरको सिमानाका गौरीफन्टा नाकाबाट एक वर्षको अवधिमा करिब २ सय महिला तथा बालबालिकाको उद्धार गरिएको जनाएको छ । जिल्ला शान्ति पुर्नस्थापना गृहका अनुसार सो नाकाबाट एक वर्षमा १९८ जना महिला तथा बालिकाको उद्धार गरिएको जनाएको छ ।

विभिन्न बहानामा भारत लैजादै गरेका अवस्थामा उनीहरुलाई उद्धार गरिएको त्रिनगरनाकामा रहेको जिल्ला शान्ति पुर्नस्थापना गृहले जनाएको छ । यसरी उद्धार गरिएका महिला तथा बालबालिकामा कैलाली, कञ्चनपुरकामात्रै नभइ धनुषा, सिरहा, सर्लाही, बाँके र चितवन सम्मका रहेका छन् ।

उद्धार गरिएका अधिकांश १४ वर्षदेखि १९ वर्षमुनिका किशोरी छन् । बैशाख महिनाभरी भारत लगिदै गरेका १५ जनालाई नाकाबाट र ५ जना यौन हिंसामा परेकालाई उद्धार गरिएको शान्ति पुर्नस्थापना गृहका जिल्ला संयोजक उमेश शिवाकोटीले बताए । कैलालीमा बैशाख १६ गतेदेखी जारीे निषेधाज्ञामा चार जनालाई प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएका मध्ये दुई जना कैलालीका, एक जना चितवन, र एकजना सर्लाहीका छन् । उद्धार गरिएका महिला तथा किशोरकिशोरीलाई शान्ति पुर्नस्थापना गृहले सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाउने गरेको छ । महिला तथा बालबालिका बेचबिखन तथा हिंसामा पर्नेक्रम रोकिएको छैन् । सामाजिक संजालबाट कुराकानी हुने र प्रेमको नाटक गरेर भारततिर लग्ने गरेको बताइएको छ ।

महिला तथा बालबालिकालाई भारतिर लग्नेमा विवाहित पुरुष रहेको बताइएको छ । घरमा श्रीमती हुदाहुदै पनि उनीहरुले विवाहको प्रलोभनमा पारेर महिलालाई भारततिर लग्ने गरेको शान्ती पुर्नस्थापना गृहका जिल्ला संयोजक शिवाकोटीले बताए ।

गरिबी, अशिक्षा तथा बेरोजगारीका कारण पनि यस्ता घट्नाहरु रोकिएको छैन । भारत पुग्ने महिला तथा किशोरीहरु शारीरिक, मानसिक तथा यौन शोषण पर्ने गरेका छ्न । यसैबीच, गृहले एक वर्षको अवधिमा ५ हजार ५८८ जनालाई काउन्सीलिङ गरेको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?