गौरीफन्टा नाकाबाट एक वर्षमा करिब २ सय महिला तथा बालबालिकाको उद्धार

धनगढी, ८ जेठ । कैलाली–कञ्ञ्चनपुरको सिमानाका गौरीफन्टा नाकाबाट एक वर्षको अवधिमा करिब २ सय महिला तथा बालबालिकाको उद्धार गरिएको जनाएको छ । जिल्ला शान्ति पुर्नस्थापना गृहका अनुसार सो नाकाबाट एक वर्षमा १९८ जना महिला तथा बालिकाको उद्धार गरिएको जनाएको छ ।

विभिन्न बहानामा भारत लैजादै गरेका अवस्थामा उनीहरुलाई उद्धार गरिएको त्रिनगरनाकामा रहेको जिल्ला शान्ति पुर्नस्थापना गृहले जनाएको छ । यसरी उद्धार गरिएका महिला तथा बालबालिकामा कैलाली, कञ्चनपुरकामात्रै नभइ धनुषा, सिरहा, सर्लाही, बाँके र चितवन सम्मका रहेका छन् ।

उद्धार गरिएका अधिकांश १४ वर्षदेखि १९ वर्षमुनिका किशोरी छन् । बैशाख महिनाभरी भारत लगिदै गरेका १५ जनालाई नाकाबाट र ५ जना यौन हिंसामा परेकालाई उद्धार गरिएको शान्ति पुर्नस्थापना गृहका जिल्ला संयोजक उमेश शिवाकोटीले बताए । कैलालीमा बैशाख १६ गतेदेखी जारीे निषेधाज्ञामा चार जनालाई प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएका मध्ये दुई जना कैलालीका, एक जना चितवन, र एकजना सर्लाहीका छन् । उद्धार गरिएका महिला तथा किशोरकिशोरीलाई शान्ति पुर्नस्थापना गृहले सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाउने गरेको छ । महिला तथा बालबालिका बेचबिखन तथा हिंसामा पर्नेक्रम रोकिएको छैन् । सामाजिक संजालबाट कुराकानी हुने र प्रेमको नाटक गरेर भारततिर लग्ने गरेको बताइएको छ ।

महिला तथा बालबालिकालाई भारतिर लग्नेमा विवाहित पुरुष रहेको बताइएको छ । घरमा श्रीमती हुदाहुदै पनि उनीहरुले विवाहको प्रलोभनमा पारेर महिलालाई भारततिर लग्ने गरेको शान्ती पुर्नस्थापना गृहका जिल्ला संयोजक शिवाकोटीले बताए ।

गरिबी, अशिक्षा तथा बेरोजगारीका कारण पनि यस्ता घट्नाहरु रोकिएको छैन । भारत पुग्ने महिला तथा किशोरीहरु शारीरिक, मानसिक तथा यौन शोषण पर्ने गरेका छ्न । यसैबीच, गृहले एक वर्षको अवधिमा ५ हजार ५८८ जनालाई काउन्सीलिङ गरेको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?