सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले अब अनलाईनबाटै परिक्षा लिने

मदन गिरी

महेन्द्रनगर १४ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले आउदाँे अशोजबाट परिक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले कोरोना संक्रमणको महामारी र लगडाउनका कारण विद्युतीय माध्यमबाट परिक्षा सञ्चालन गर्ने भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्टले अनलाईनबाटै विद्यार्थीको परिक्षा गर्न तयारी अन्तिम चरणमा रहेको बताए । उनका अनुसार कोरोना संक्रमण कहिलेसम्म रहने अनिश्चत नभएपछि शैक्षिकशस्त्र खेर जान नदिन अनलाईन परिक्षा गर्न लागिएको हो ।

विश्वविद्यालयले आईतबार सुचना जारी गर्दै सबै परिक्षा अनलाईनबाट गर्ने तयारी भईरहेकाले विद्यार्थीलाई तयारीमा जुट्न आग्रह समेत गरेको छ ।
सुचनामा अशोजदेखि विद्युतीय माध्यमबाट परिक्षा सञ्चालन गर्र्ने निणर्य भएको भन्दैँ विश्वविद्यालयले आफु अध्ययनरत क्याम्पस र विभागसँग सम्पर्क गरि परिक्षाको तयारी जुट्न विद्यार्थीलाई सुचित गराएको छ ।

रजिष्ट्रार विष्टका अनुसार अनलाईन परिक्षामा सहभागी हुन नेटवर्क समस्या भएका विद्यार्थीका लागि आईसिटी सेन्टरको स्थापना भईरहेको छ । घरबाटै अनलाईन परिक्षामा सहभागि हुन नसक्ने परिक्षार्थीले आईसिटी सेन्टरमा गएर परिक्षा दिन सक्नेछन् । आईसिटी सेन्टरको लागि ६ विभाग र १५ वटा क्याम्पसलाई आवश्यक बजेट पठाएर व्यवस्थापन लाग्न निर्देशन गरिएको उनको भनाई छ ।

त्यस्तै अनलाईन परिक्षाका लागि विश्वविद्यालयले सिकाई व्यवस्थापन प्रणाली नामक सफ्टवयर समेत निर्माण गरिएको जनाएको छ । सफ्टवयरमार्फत परिक्षार्थीलाई व्यक्तिगत ईमेलमा प्रश्नपत्र पठाईने छ । परिक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरि ईमेलमार्फत परिक्षा नियन्त्रण कार्यालयलाई पठाउनु पर्नेछ ।

‘कोरोनाको महामारी कहिले सम्म रहन्छ भन्ने टुङ्गो छैन्, यसलाई पर्खेर बसे शैक्षिकशस्त्र खेर जान्छ ।’ रजिष्ट्रार विष्टले भने ‘विश्वविद्यालयले शैक्षिकशस्त्र खेर जान नदीन र अनलाईन सिकाई प्रणालिको विकास गर्न विद्युतीयमाध्यमबाट शिक्षण र परिक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।’

अनलाईन परिक्षका लागि तयारी गर्न विद्यार्थीलाई निर्देशन दिदैँ रजिष्ट्रार विष्टले सहयोगका लागि अभिभावक, बुद्धिजिवि लगायतका सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् ।

यस्तो छ सुचना

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?