सुदूरपश्चिममा २४ घण्टामा थप १ सय ९५ जनामा कारोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संकमितको संख्या २ हजार २ सय ७१ पुगेको छ ।

सुदूरपश्चिममा आइतबार एकै दिन थप १ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका २ जना, शिक्षण अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा ६३ जना,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा ३२ जना र सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणमा संक्रमित हुनेमा डडेल्धुराका एक पुरुष, दार्चुलाका एक पुरुषमा संक्रमण पुष्टि भएको छ भने शिक्षण अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराका २९ महिला,३४ पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा बाजुराका ११ महिला र २१ जना पुरुषमा कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए ।

यता सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा कैलालीका ११ महिला, १८ पुरुष र डोटीका १३ महिला,५८ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्तालले जनाएको छ ।

सुदूरपश्चिममा हाल सम्म ६ जनाको मृत्यु भईसकेको छ भने २ सय ४४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?