सुदूरपश्चिममा २४ घण्टामा थप १ सय ९५ जनामा कारोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संकमितको संख्या २ हजार २ सय ७१ पुगेको छ ।

सुदूरपश्चिममा आइतबार एकै दिन थप १ सय ९५ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा सुदूरपश्चिमका २ जना, शिक्षण अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा ६३ जना,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा ३२ जना र सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणमा संक्रमित हुनेमा डडेल्धुराका एक पुरुष, दार्चुलाका एक पुरुषमा संक्रमण पुष्टि भएको छ भने शिक्षण अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराका २९ महिला,३४ पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा बाजुराका ११ महिला र २१ जना पुरुषमा कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए ।

यता सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा कैलालीका ११ महिला, १८ पुरुष र डोटीका १३ महिला,५८ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्तालले जनाएको छ ।

सुदूरपश्चिममा हाल सम्म ६ जनाको मृत्यु भईसकेको छ भने २ सय ४४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?