लुम्बिनी विकास बैंक महेन्द्रनगर शाखाद्धारा वृद्धआश्रम र अनाथालयलाई खाद्यान्न सहयोग

महेन्द्रनगर । लुम्बिनी विकास बैंक महेन्द्रनगर शाखाले अनाथालय र वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनको समयमा अनाथालय तथा वृद्धआश्रममा भएको खाद्यन्न समस्यालाई मध्यनजर गर्दैँ बिहिबार बैकको महेन्द्रनगर शाखाले खाद्यन्न वितरण गरेको हो ।

बैंकका शाखा प्रमुख अशोक जोशीले सामाजिक उत्तरदायित्व अन्र्तगत वृद्ध सेवा केन्द्र र अनाथालयमा सहयोग गरेको बताए ।

उनका अनुसार महेन्द्रनगरका समाज कल्याण कञ्चन बाल अनाथालय, महिला तथा वृद्ध सेवा केन्द्र वनगाँउ र वेदकोट नगरपालिकास्थित बैजनाथ वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरिएको हो ।

‘लकडाउनका कारण सबैतीर खाद्यान्न समस्या परेको छ ।’ शाखा प्रमुख जोशीले भने‘सामाजिक उत्तरदायित्व अन्र्तगत परोपकारी कार्यमा बैकले सहयोग गर्दै आएको छ ।’

अगामी दिनमा पनि बैकले सामाजिक कार्यमा सहयोग गर्ने उनको भनाई छ । महिला तथा वृद्ध सेवा केन्द्र वनगाँउकी अध्यक्ष शारदा चन्दले विषय परिस्थितीमा खाद्यान्न सहयोग गरेको धन्यवाद ज्ञापन गरिन् । लुम्बिनी विकास बैंकले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?