लुम्बिनी विकास बैंक महेन्द्रनगर शाखाद्धारा वृद्धआश्रम र अनाथालयलाई खाद्यान्न सहयोग

महेन्द्रनगर । लुम्बिनी विकास बैंक महेन्द्रनगर शाखाले अनाथालय र वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनको समयमा अनाथालय तथा वृद्धआश्रममा भएको खाद्यन्न समस्यालाई मध्यनजर गर्दैँ बिहिबार बैकको महेन्द्रनगर शाखाले खाद्यन्न वितरण गरेको हो ।

बैंकका शाखा प्रमुख अशोक जोशीले सामाजिक उत्तरदायित्व अन्र्तगत वृद्ध सेवा केन्द्र र अनाथालयमा सहयोग गरेको बताए ।

उनका अनुसार महेन्द्रनगरका समाज कल्याण कञ्चन बाल अनाथालय, महिला तथा वृद्ध सेवा केन्द्र वनगाँउ र वेदकोट नगरपालिकास्थित बैजनाथ वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरिएको हो ।

‘लकडाउनका कारण सबैतीर खाद्यान्न समस्या परेको छ ।’ शाखा प्रमुख जोशीले भने‘सामाजिक उत्तरदायित्व अन्र्तगत परोपकारी कार्यमा बैकले सहयोग गर्दै आएको छ ।’

अगामी दिनमा पनि बैकले सामाजिक कार्यमा सहयोग गर्ने उनको भनाई छ । महिला तथा वृद्ध सेवा केन्द्र वनगाँउकी अध्यक्ष शारदा चन्दले विषय परिस्थितीमा खाद्यान्न सहयोग गरेको धन्यवाद ज्ञापन गरिन् । लुम्बिनी विकास बैंकले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?