लिपुलेकमा सशस्त्रको फौज राख्न काठमाडौै‌ंबाट उड्यो सेनाको हेलिकोप्टर

काठमाडौं । सरकारले कालापानी नजिकै दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज (बिओपी) राख्ने भएको छ।

पोष्ट स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ। गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजीत राई र सशस्त्रका एआइजी ईश्वरबाबु थापा काठमाडौंबाट दार्चुला गएका छन्। राई र थापाको टोली दार्चुला पुगेर त्यहाँबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली लिएर छाङरु जाने छ ।

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक बनाएपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटाउने भएको हो ।

भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेपछि सीमा रक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली खटाउन लागेको हो ।

छाङरु भारतीय सीमाबाट एक किलोमिटरको दूरीमा पर्छ भने चीनको सीमा क्षेत्र १४ किलोमिटरको दूरीमा रहेको छ ।

पहिलो चरणमा सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटिने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टकाअनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा टोली पठाउने तयारी गरिएको छ ।

छाङरु जाने टोलीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री तयार गरिएको छ। स्थानीय एक व्यक्तिको घर भाडामा लिएर विओपी बस्ने तयारी गरिएको छ । छाङरुमा १ सय ५ घरधुरी रहेका छन् ।थाहाखबर

फाइल फोटो

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?