एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण

काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।

कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ ।

ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्र्नुपर्ने भनी पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउन पत्राचार गरेको थियो ।

तर त्यसविरुद्ध एनसेल सर्वोच्चमा गयो । र, अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरिदियो ।

यससँगै एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भयो । फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको थियो ।

त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको कार्यालयले जनाएको छ । अनलाईन

ताजा खबर

शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार । नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय...

सडक विभागका सहसचिव खत्रीको यस्तो दावि महाकाली पुलको पुरानो डिजायन फेल भयो, नयाँ मैले ल्याएको हुँ

कञ्चनपुर, २ असार  गत बर्ष वाढीले भत्काएको महाकाली चारलेनको गाईडबण्ड...

लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा लक्ष्मी मावि बागफाँटा प्रथम 

शुनिल राना, कञ्चनपुर १ असार  लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव...

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?